Close

Recent Posts

आज बकर इद मनाइँदै, देशभर सार्वजनिक विदा

आज बकर इद मनाइँदै, देशभर सार्वजनिक विदा
  • १४ जेष्ठ २०८३, बिहीबार ०८:०४

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ । पर्वका अवसरमा नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । धार्मिक परम्पराअनुसार मुस्लिम समुदायले बिहानै स्नान गरी मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज अदा गरेका छन् । नमाजपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने तथा सद्भाव र भाइचाराको सन्देश फैलाउने चलन रहेको छ ।

mulpatra

काठमाडौंको दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशका विभिन्न मस्जिद तथा इदगाहमा आज बिहानदेखि भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ । इदुल फित्र (रमजान) सम्पन्न भएको करिब ७० दिनपछि मनाइने बकर इदलाई त्याग, समर्पण र विश्वासको पर्वका रूपमा लिने गरिन्छ ।

मुस्लिम धार्मिक मान्यताअनुसार अल्लाहको आदेश पालनाका लागि इब्राहिमले आफ्ना छोरा इस्माएललाई बलिदान गर्न तयार भएको ऐतिहासिक प्रसंगको सम्झनामा यो पर्व मनाउने परम्परा रहेको छ । यस अवसरमा मुस्लिम धर्मावलम्बीले धार्मिक विधिअनुसार जायज मानिएका जनावरको कुर्बानी दिने, दान–पुण्य गर्ने तथा परिवार र समुदायबीच सद्भाव बढाउने कार्य गर्ने गर्छन् ।

mulpatra mulpatra mulpatra