Close

Recent Posts

सरकारको व्यवस्थापन अभावले होल्डिङ सेन्टरमै ज्यान गुमाउन बाध्य सुकुम्बासीः कुलमान

सरकारको व्यवस्थापन अभावले होल्डिङ सेन्टरमै ज्यान गुमाउन बाध्य सुकुम्बासीः कुलमान
  • २२ जेष्ठ २०८३, शुक्रबार १०:२६

काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारबाट हटाइएका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापनमा राज्यले पर्याप्त ध्यान नदिँदा होल्डिङ सेन्टरमै एक जनाको मृत्यु भएको घटनाले सरकारको पुनर्स्थापना र मानवीय व्यवस्थापन क्षमतामाथि गम्भीर प्रश्न उठाएको उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले बताएका छन् ।

mulpatra

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका ३६ वर्षीय भेषराज दर्जीको उपचारका क्रममा निधन भएपछि विस्थापित नागरिकको स्वास्थ्य, सुरक्षा र आधारभूत अधिकारको विषय फेरि चर्चामा आएको हो। वीर अस्पतालका अनुसार दर्जीको मृत्यु शरीरभर फैलिएको गम्भीर संक्रमणका कारण उत्पन्न भएको रिफ्र्याक्टरी सेप्टिक शोक बाट भएको हो।

घिसिङ ले दर्जीको निधनप्रति दुःख व्यक्त गर्दै सरकारले बस्ती हटाउने कार्यमा देखाएको सक्रियताजस्तै प्रभावित परिवारको पुनर्स्थापना र जीवन सुरक्षामा पनि समान जिम्मेवारी देखाउनुपर्ने बताएका छन्।

mulpatra mulpatra mulpatra

उनले व्यवस्थापनको स्पष्ट र दिगो योजना बिना सुरक्षा बल परिचालन गरी बस्ती हटाउँदा गम्भीर मानवीय संकट सिर्जना भएको उल्लेख गरेका छन्। उनका अनुसार घरबारविहीन बनाइएका नागरिकमध्ये हालसम्म तीन जनाले ज्यान गुमाइसकेको अवस्था अत्यन्त दुःखद र चिन्ताजनक छ।

मानव अधिकार तथा सामाजिक न्यायका सवालमा काम गर्ने विभिन्न पक्षले पनि विस्थापित नागरिकलाई केवल अस्थायी आश्रयमा सीमित नराखी सुरक्षित आवास, नियमित स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, सरसफाइ र सम्मानजनक जीवनयापनको वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

विस्थापित परिवारहरूका अनुसार बस्ती हटाइएपछि उनीहरूलाई दीर्घकालीन पुनर्स्थापनाको स्पष्ट योजना बिना होल्डिङ सेन्टरमा राखिएको थियो। पर्याप्त स्वास्थ्य सेवा, सरसफाइ, खानेपानी तथा अन्य आधारभूत सुविधाको अभावले त्यहाँ बसोबास गरिरहेका नागरिकहरू विभिन्न जोखिममा परेको गुनासो गर्दै आएका छन्।

Image Source: © https://mulpatra.com

भेषराज दर्जीको मृत्युले होल्डिङ सेन्टरमा रहेका सयौं नागरिकको अवस्था र उनीहरूको भविष्यप्रति राज्यको जिम्मेवारीबारे गम्भीर बहस सिर्जना गरेको छ। प्रभावित परिवारहरू तत्काल पुनर्स्थापना, सुरक्षित आवास तथा आधारभूत सेवाको सुनिश्चितताको माग गर्दै आएका छन् भने सरकारमाथि मानवीय संवेदनशीलताका साथ दीर्घकालीन समाधान खोज्न दबाब बढिरहेको छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com