Close

Recent Posts

‘व्यवसायीको हकहित, सुदृढीकरण र वैदेशिक रोजगारीमा दिगो विकास’ भन्ने एजेण्डाका साथ संघको प्रथम उपाध्यक्षमा कटुवालको उम्मेदवारी

‘व्यवसायीको हकहित, सुदृढीकरण र वैदेशिक रोजगारीमा दिगो विकास’ भन्ने एजेण्डाका साथ संघको प्रथम उपाध्यक्षमा कटुवालको उम्मेदवारी
  • २३ जेष्ठ २०८३, शनिबार ०९:३५

काठमाडौं– वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित, व्यवसायीमैत्री र सम्मानित बनाउने उद्देश्यका साथ कर्णराज कटुवालले वैदेशिक रोजगार व्यवसायी संघको प्रथम उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

mulpatra

व्यवसायीहरूको हकहित संरक्षण, संघको संस्थागत सुदृढीकरण र वैदेशिक रोजगार क्षेत्रका चुनौतीहरूको समाधानलाई केन्द्रमा राख्दै उनले नयाँ योजना र कार्यदिशासहित आफ्नो प्रतिबद्धता सार्वजनिक गदै उम्मेदवारी दिएका हुन् ।

‘व्यवसायीको हकहित, संघको सुदृढीकरण र वैदेशिक रोजगार क्षेत्रको दिगो विकास’ भन्ने मूल लक्ष्यसहित कर्णराज कटुवाल प्रथम उपाध्यक्ष पदमा उम्मेदवार बनेका छन् ।

mulpatra mulpatra mulpatra

उनले संघलाई सबै व्यवसायीको साझा, सशक्त र परिणाममुखी संस्थाका रूपमा विकास गर्दै व्यवसायीको आवाजलाई प्रभावकारी रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कटुवालले वैदेशिक रोजगार व्यवसायीहरूलाई राज्यको आर्थिक विकास, रोजगारी विस्तार र रेमिट्यान्स भित्र्याउने महत्वपूर्ण साझेदारका रूपमा स्थापित गर्न संघले अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड छ । बैरो संघको सचिव समेत भएर काम गरेको कटुवाल व्यवसायीलाई समस्यामा सहयोग समेत गदै आएका छन् ।

प्रमुख एजेण्डा र योजना

Image Source: © https://mulpatra.com

व्यवसायीको हकहित संरक्षण

व्यवसायीका समस्या सरकार र सम्बन्धित निकायसमक्ष सशक्त रूपमा उठान ।
कानुनी व्यवसायीको अधिकार र सम्मानका लागि निरन्तर पहल ।

संघलाई थप प्रभावकारी बनाउने

संघको प्रशासनिक तथा संस्थागत क्षमता अभिवृद्धि।
सदस्य संस्थासँग नियमित समन्वय र सहभागितामूलक निर्णय प्रक्रिया।

✅ नीतिगत सुधारका लागि पहल

वैदेशिक रोजगार ऐन, नियमावली र कार्यविधिमा समयानुकूल सुधारका लागि दबाब ।
व्यवसायी र श्रमिक दुवैको हित हुने नीति निर्माणमा सक्रिय भूमिका।

✅ सिण्डिकेट र झन्झट अन्त्यको अभियान

स्वास्थ्य परीक्षण, भिसा प्रक्रिया र अन्य सेवामा देखिएका अव्यवस्था तथा एकाधिकार अन्त्यका लागि पहल ।
सेवा प्रवाहलाई पारदर्शी र प्रतिस्पर्धात्मक बनाउने प्रयास ।

✅ नयाँ श्रम बजारको विस्तार

युरोप, जापान, कोरिया तथा अन्य सम्भावनायुक्त गन्तव्य मुलुकमा नेपाली श्रमिकको पहुँच विस्तारका लागि सहकार्य ।
व्यवसायीलाई नयाँ अवसरसँग जोड्ने कार्यक्रम ।

✅ व्यवसायीको सम्मान र प्रतिष्ठा अभिवृद्धि

वैदेशिक रोजगार व्यवसायीप्रति समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने ।
व्यवसायीलाई राष्ट्र निर्माणका साझेदारका रूपमा स्थापित गर्ने अभियान ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com