बैरो संघमा त्रिपक्षीय प्रतिस्पर्धा, स्वतन्त्र र सिनामंगल क्युआरटीको यसपटक चुनौतीव्यवसायी सुरक्षीत नीतिगत सुधारमा जोड
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । अध्यक्षसहित ७ पदाधिकारी र १० सदस्य गरी संघको कार्यसमितिका १७ पदमा निर्वाचन हुनेछ

शनिबार दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । सो समयसम्म पनि प्यानल निर्माणका लागि छलफल जारी नै रहने बताइएको छ ।
संघको चुनावी प्रतिस्पर्धामा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन, नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीनिकट स्वतन्त्र व्यवसायी समूहबीच यसपटक प्रतिस्पर्धा हुने देखिएको हो ।
![]() |
![]() |
![]() |
|---|
लोकतान्त्रिक एसोसिएसनमा अध्यक्ष पदका लागि पूर्वमहासचिव मेघनाथ भुर्तेललाई तोकेको छ । भने नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालबाट संघका पूर्वप्रथम उपाध्यक्ष डिकबहादुर खत्री ‘कुमार’को नेतृत्वमा प्यानल नै प्रतिस्पर्धामा उत्रिने भएको छ ।
स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहले शुक्रबार घोषणासभा गरेर नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष तथा संघका पूर्वप्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीको नेतृत्वमा नयाँ प्यानल घोषणा गरेको छ ।
स्वतन्त्र समूहको प्यानलको अध्यक्षमा पाण्डे, प्रथम उपाध्यक्षमा सञ्जु गुरुङ, महासचिवमा नूर मोहम्मद मियाँ, सचिवमा नवराज लुईंटेल र कोषाध्यक्षमा विनिता कटुवाल उम्मेदवार बन्ने भएका छन् । सो समूहले शिवशंकर यादवलाई पनि शुक्रबारकै घोषणासभामा सदस्यको उम्मेद्वार घोषणा गरेको छ ।
Image Source: © https://mulpatra.com

एसोसिएसनले पूर्वसचिव कर्णराज कटुवाललाई महासचिव र कार्यवाहक महासचिव तुलसी पुरीलाई सिनामंगल क्युआरटीको तर्फबाट द्वितीय उपाध्यक्ष उम्मेदवार बनाउने चर्चा छ ।


उक्त क्युआरटीका हरि डाँगीले महासचिवमा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।

इम्पावर हन्टर एचआर सोलुसनका सञ्चालक युवा व्यवसायी केदारनाथ अधिकारी (दीपेन्द्र)ले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
२०४८ सालदेखि लोकप्रिय नारा र अवैधानिक निर्णयका कारण गिजोलिएको वैदेशिक रोजगार क्षेत्र सुधार गर्न २०७२ सालमा ल्याइएको फ्रि भिसा, फ्रि टिकट निर्णय, २०७५ सालको धरौटी र बैंक ग्यारेन्टी बढाउने निर्णयदेखि वैदेशिक रोजगार ऐन, २०६४ का दफा १५ देखि १९ सम्मका व्यवसायीविरोधी प्रावधानहरूमा सुधारको काम गर्ने नेतृत्व ल्याउन पर्ने व्यवसायीबीच नै चर्चा छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



