रास्वपाको जिल्ला अधिवेशन आजदेखि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन पुर्वनिर्धारित समय अनुसार आज र भोली हुने भएको छ ।

रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ । सोही कार्यतालिका अनुसार जेठ २३–२४ जिल्ला अधिवेशन गर्ने र जेठ २६ देखि असार १ गते सम्म प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेको छ ।
रास्वपाले आज ३६ जिल्ला र भोली आइतबार २५ जिल्लाको अधिवेशन गर्ने तयारी गरेको छ । बाँकी १६ जिल्लाको अर्को चरणमा गर्ने तयारी गरेको छ । कतिपय जिल्लामा वडा र स्थानीय तहको अधिवेशन सम्पन्न नहुँदा निर्धारित समयमा हुन नसकेको बताइएको छ ।
![]() |
![]() |
![]() |
|---|



