लोकतान्त्रिक एसोसिएसनमा बिद्रोह, आधिकारिक दाबी गदै कार्यवाहक महासचिव पुरी नेतृत्वमा छुटै प्यानल
काठमाडौं– वैदेशिक रोजगार व्यवसाय संघको चुनावी प्रतिस्पर्धामा नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन विवादमा तानिएको छ ।

एसोसिएसनका कार्यवाहक महासचिव तुलसी पुरीको नेतृत्वमा छुटै प्यानल नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल माओवादीनिटक गणतान्तित्रक र एसनिकट व्यवसायीबीच तालमेल गर्ने पुरीनिटक एक व्यवसायीले जानकारी दिए ।
लोकतान्त्रिक एसोसिएसनमा अध्यक्ष पदका लागि पूर्वमहासचिव मेघनाथ भुर्तेललाई तोकेको छ । एसोसिएसनका कार्यवाहक महासचिव पुरीले भने आफु आधिकारिक भएको भन्दै अन्य व्यवसायीसँग तालमेल गरेर चुनावमा लड्ने भएका छन् ।
![]() |
![]() |
![]() |
|---|
पुरीले नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालबाट संघका पूर्वप्रथम उपाध्यक्ष डिकबहादुर खत्री ‘कुमार’को नेतृत्वमा प्यानल नै प्रतिस्पर्धामा उत्रिने भएको छ । उनी नेतृत्वसँग तालमेल गर्ने समेत तयारी र छलफल भइरहेको जानकारी दिए ।
सिनामंगल वैदेशिक रोजगार एकता समूहबाट तुलसी पुरी र विवश ढुंगाना उपाध्यक्षमा संघको साधारणसभा उम्मेदवारी दिने भएका छन् ।
साथै समूहबाट धु्रब जोशी र प्रशान्त खतिवडाले सदस्यमा उम्मेदवार दिने तय भएको छ । निर्वाचनमा विभिन्न समूहहरू सक्रिय रुपमा लागेका छन् । दुई तिहाइ पदाधिकारीहरूको सामूहिक राजीनामापछि नयाँ नेतृत्व चयनका लागि जेठ २४ गते निर्वाचन हुँदैछ ।
Image Source: © https://mulpatra.com
सिनामंगल वैदेशिक रोजगार एकता समूहमा रहेका करिब ३ सयभन्दा व्यवसायी संघको साधारण सभामा निर्णयक हुने बताउँन थालिएको छ ।

क्युआरटि समूह अहिलेको बलियो समूह मानिएको छ । यही समूहबाट हरि डाँगी समेत महासचिवको उम्मेदवार घोषणा गरेका छन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



