दिल्लीमा आज ‘ककरोच जनता पार्टी’ को प्रदर्शन, एक करोडभन्दा बढी विद्यार्थीको भविष्यबारे आवाज उठाउँदै
काठमाडौं । बेरोजगार युवाहरु र विद्यार्थीहरूको शैक्षिक भविष्य र सार्वजनिक जवाफदेहिताको मुद्दालाई केन्द्रमा राखेर गठन गरिएको ककरोच जनता पार्टी ले आज दिल्लीमा प्रदर्शन गर्ने भएको छ। पार्टीका अभियन्ता अभिजीत दिपके ले विभिन्न राष्ट्रियस्तरका प्रवेश तथा भर्ती परीक्षामा देखिएका विवाद र अनियमितताविरुद्ध आन्दोलनको घोषणा गरेका हुन्।

सर्वोच्च अदालतका मुख्य न्यायाधीश सूर्य कान्तले आलोचनात्मक युवाहरूलाई ‘कक्रोच’ र ‘परजीवी’ भनेको टिप्पणीपछि सुरु भएको कक्रोच अभियान पार्टीमा परिणत भएको छ । कक्रोच जनता पार्टीका नाममा आएको उक्त अभियानका प्रमुख बोस्टन विश्वविद्यालयका ३० वर्षीय स्नातक दिपके हुन उनले सोसल मिडियाबाट सुरु गरेको आन्दोलन आज दिल्लीको मैदानमा पोखिने भएको छ ।
भारतको विभिन्न युनिभरसिटीको प्रश्नपत्र चुहावट, परीक्षा प्रणालीमा देखिएका त्रुटि, नतिजा विवाद तथा प्रशासनिक कमजोरीप्रति बढ्दो असन्तुष्टिलाई पार्टीले समेट्न खोजेको छ । राज्य संयन्त्रका कमजोरीका कारण लाखौं विद्यार्थी प्रभावित भइरहेका छन् तर जिम्मेवार निकायमाथि पर्याप्त कारबाही नहुने प्रवृत्तिले नयाँ राजनीतिक–सामाजिक अभियानको आवश्यकता महसुस भएको बताउँदै आज शिक्षा मन्त्रीको राजिनामा समेत माग्ने भएका छन् ।
![]() |
![]() |
![]() |
|---|
पार्टीले आफूलाई परम्परागत राजनीतिक दलभन्दा फरक जनउत्तरदायित्व र विद्यार्थी अधिकारको अभियान का रूपमा प्रस्तुत गरेको छ।
दिपकेले विभिन्न राष्ट्रिय परीक्षासम्बन्धी विवाद उल्लेख गर्दै एक करोडभन्दा बढी विद्यार्थीको भविष्य प्रभावित भएको दाबी गरेका छन्। आज दिल्लीमा प्रदर्शन गर्न लागेको पार्टीले परीक्षा प्रणालीमा देखिएका अनियमितताबारे निष्पक्ष छानबिन गर्न, र शिक्षा मन्त्रीको राजिनामा मुख्य माग राखेको छ । त्यस बाहेक जिम्मेवार अधिकारी र निकायमाथि कारबाही गर्न, विद्यार्थीको भविष्य सुरक्षित हुने गरी परीक्षा व्यवस्थापनमा सुधार गर्न, शैक्षिक संस्थान र परीक्षा निकायहरूमा पारदर्शिता तथा जवाफदेहिता सुनिश्चित गर्न कानुनी व्यवस्था गर्न, प्रभावित विद्यार्थीलाई न्यायोचित अवसर र पुनर्स्थापनाका उपाय अपनाउन माग राखेका छन् ।
दिपकेले आन्दोलन पूर्ण रूपमा अहिंसात्मक रहने स्पष्ट गर्दै संविधानसम्मत ढंगले विद्यार्थीका सरोकार उठाइने बताएका छन्। आन्दोलनको उद्देश्य सरकार र सम्बन्धित निकायलाई विद्यार्थीको भविष्यप्रति संवेदनशील बनाउन दबाब सिर्जना गर्नु रहेको सामाजिक सन्जालबाट बताएका छन् ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



