विश्वकप हेर्न हिडेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फकाइयो

विश्वकप हेर्न हिडेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाटै फकाइयो
  • २६ जेष्ठ २०८३, मंगलवार १०:०६

काठमाडौं–फिफा विश्वकप फुटबल हेर्न अमेरिका जाँदै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइदिएका छन् ।

mulpatra

उनीहरु आज बिहान मेक्सिको जाँदै थिए । उनीहरु कालोसूचीमा रहेकाले विमानस्थलबाट फर्काइएको अध्यागमन स्रोतले बतायो । स्रोतका अनुसार उहाँहरु ब्ल्याक लिस्टमा रहेकाले हामीले आज बिहान विमानस्थलबाट फर्काइदिएका हौँ ।

आर्थिक विषयको छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)को सिफारिसमा अध्यागमन विभागले गत वैशाखमा एन्फाका सबै पदाधिकारीलाई विदेश जान रोक लगाएको थियो ।

mulpatra mulpatra mulpatra

फिफा विश्वकप २०२६ मा सहभागी हुन जाने उद्देश्यले विदेश जान रोक लगाउने निर्णय फिर्ताका लागि एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई सोमबार राखेपमै पुगेका थिए । तर राखेपले उनीहरुलाई विदेश जाने बाटो खुला गर्न अस्वीकार गरेको थियो ।