ट्रम्पले नेतान्याहुलाई चेतावनी दिँदै इरानसँगको तनाव थप चर्किए अन्तर्राष्ट्रिय रूपमा एक्लिन

ट्रम्पले नेतान्याहुलाई चेतावनी दिँदै इरानसँगको तनाव थप चर्किए अन्तर्राष्ट्रिय रूपमा एक्लिन
  • २६ जेष्ठ २०८३, मंगलवार ११:१४

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई चेतावनी दिँदै इरानसँगको तनाव थप चर्किएमा इजराइल अन्तर्राष्ट्रिय रूपमा एक्लिन सक्ने बताएका छन् ।

mulpatra

इजरायलको टेलिभिजन नेटवर्क च्यानल १२ लाई दिएको अन्तर्वार्तामा ट्रम्पले नेतन्याहुलाई अत्यन्त सावधानीपूर्वक कदम चाल्न आग्रह गरे ।

इजरायली सञ्चारमाध्यमका अनुसार नेतन्याहुले इरानमाथि आक्रमण गर्ने निर्णयबारे अन्तिम चरणमा पुगेपछि मात्र ट्रम्पलाई जानकारी दिएका थिए । आइतबार ट्रम्पले नेतन्याहुलाई इरानमाथि प्रतिआक्रमण नगर्न सुझाव दिएका थिए ।

mulpatra mulpatra mulpatra

यसअघि इजरायलले लेबनानको राजधानी बेरुतमा आक्रमण गरेपछि इरानले इजरायलमाथि हमला गरेको थियो । त्यसपछि दुई देशबीच तनाव झन् बढेको छ ।

ट्रम्पले अन्तर्वार्तामा भनेका छन्, ’मैले नेतान्याहुलाई भनेको छु । तपाईंले के गरिरहनुभएको छ भन्ने विषयमा निकै सावधान हुनुपर्छ । किनभने चाँडै नै यस्तो अवस्था आउन सक्छ, जहाँ इरानविरुद्ध तपाईं एक्लै पर्न सक्नुहुन्छ ।’