महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने
काठमाडौं । प्रतिनिधिसभामा म्याग्दीबाट स्वतन्त्र उम्मेद्वार रही विजयी भएका सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् ।
प्रधानमन्त्री बालेन शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा प्रतिनिधिसभासदस्य महावीर पुनलाई सिफारिस गरेपछि उनी मन्त्री बन्ने पक्का भएको हो ।

आजै दिउँसो राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।
सुशीला कार्की नेतृत्वको सरकारमा समेत शिक्षामन्त्री भएका पुन लाई प्रधानमन्त्री शाहले नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने भएका छन् । पुनको माग बमोजिम सरकारले विज्ञान, प्रविधि, अनुसन्धान र नवप्रवर्तनका लागि बजेट समेत विनियोजन गरेको छ ।
![]() |
![]() |
![]() |
|---|
राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरि सन्चालन गर्दै आइरहेका पुन लामो समयदेखि विज्ञान तथा नवप्रवर्तन मन्त्रालयको आवश्यक रहेको औल्याउँदै आएका थिए ।



