अब २५ वटा क्षेत्रमा हड्ताल गर्न नपाइने

अब २५ वटा क्षेत्रमा हड्ताल गर्न नपाइने
  • २६ जेष्ठ २०८३, मंगलवार १५:४२

काठमाडौं । सरकारले देशभरका २५ वटा अत्यावश्यक सेवामा हड्ताल गर्न नपाइने व्यवस्था लागू गरेको छ। आवश्यक सेवा सञ्चालन ऐन, २०१४ अन्तर्गत प्राप्त अधिकार प्रयोग गर्दै सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी उक्त सेवाहरूलाई अत्यावश्यक सेवाको सूचीमा समावेश गरेको हो।

mulpatra

सरकारका अनुसार नागरिकको दैनिक जीवन, सार्वजनिक सेवा प्रवाह, राष्ट्रिय सुरक्षा, अर्थतन्त्र तथा विपद् व्यवस्थापनसँग प्रत्यक्ष सम्बन्धित सेवाहरू अवरुद्ध हुँदा जनजीवनमा गम्भीर असर पर्न सक्ने भएकाले हड्ताल निषेध गरिएको हो। राजपत्रमा सूचना प्रकाशित भएसँगै सूचीमा समावेश सेवामा कार्यरत कर्मचारी तथा श्रमिकले हड्ताल वा सेवा अवरुद्ध गर्ने गतिविधि गर्न नपाउने व्यवस्था लागू भएको छ।

सूचनाअनुसार डाँक, तार तथा टेलिफोन सेवा, जल, स्थल र हवाईमार्गबाट यात्रु तथा मालसामान ओसारपसार गर्ने यातायात सेवा, हवाई अड्डा तथा हवाईजहाज सञ्चालन र मर्मतसम्बन्धी सेवा, रेल्वे स्टेसन तथा सरकारी गोदाममा मालसामान व्यवस्थापनसम्बन्धी सेवा, सरकारी छापाखाना तथा मुद्रण सेवा लगायतका क्षेत्रलाई अत्यावश्यक सेवाको रूपमा तोकिएको छ।

mulpatra mulpatra mulpatra

सरकारले अत्यावश्यक सेवाहरू नियमित र निर्बाध रूपमा सञ्चालन हुने वातावरण सुनिश्चित गर्न यो निर्णय गरिएको जनाएको छ। यस्ता सेवामा अवरोध हुँदा सार्वजनिक हित, राष्ट्रिय सुरक्षा तथा अर्थतन्त्रमा प्रत्यक्ष असर पर्ने भएकाले हड्ताल निषेध गरिएको सरकारको भनाइ छ।

हड्ताल गर्न नपाइने २५ क्षेत्र

१. डाँक, तार तथा टेलिफोन सेवा
२. जल, स्थल तथा हवाई यातायात सेवा
३. हवाई अड्डा तथा हवाईजहाज सञ्चालन र मर्मत सेवा
४. हवाई ग्राउन्ड, रेल्वे स्टेसन तथा सरकारी गोदाम सेवा
५. सरकारी छापाखाना तथा मुद्रण सेवा
६. रक्षा सामग्री उत्पादन तथा वितरण सेवा
७. सञ्चार सेवा
८. आन्तरिक सुरक्षा सेवा
९. खानेपानी सञ्चालन तथा वितरण सेवा
१०. पर्यटन आवास, होटल, मोटेल, रेस्टुराँ तथा रिसोर्ट सेवा
११. पेट्रोलियम पदार्थ तथा एलपी ग्यास सेवा
१२. अस्पताल तथा स्वास्थ्य सेवा
१३. औषधि निर्माण तथा वितरण सेवा
१४. फोहोरमैला व्यवस्थापन सेवा
१५. बैंकिङ सेवा
१६. बिमा सेवा
१७. विद्युत् सेवा
१८. दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा वितरण सेवा
१९. मौसम पूर्वानुमान सेवा
२०. बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा
२१. मास्कसम्बन्धी सेवा
२२. ह्याण्ड सेनिटाइजरसम्बन्धी सेवा
२३. भेटेरिनरी सेवा
२४. कन्सुलर सेवा
२५. राहदानी तथा इन्टरनेट सेवा

Image Source: © https://mulpatra.com

सरकारले यी सेवामा हड्ताल वा अवरोध हुन नदिन सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com