सुधनलाई स्वार्थमा चोख्याएर गृहमन्त्रीमै फर्काइयो, बालेनको न्यायमा अर्को प्रश्न दिपकको के हुन्छ ?सुधनमाथि आयोग आरोपलाई समेत लत्याएर प्रधानमन्त्रीले नै
काठमाडौं– गृहमन्त्री सुधन गुरूङले सम्पत्ति शुद्धीकरणका अभियुक्तहरू दीपक भट्ट, सुलभ अग्रवाल लगायतको बिजनेसमा सेयर लगानी गरेको खुलेको थियो । तर छानबिन समितिले यसलाई अर्को व्याख्या गदै गुरुङलाई सफाइ गरेपछि उनी फेरी गृहमन्त्री भए ।

त्यसो त, गुरूङ ‘हामी नेपाल’ नामक संस्थालाई सबैभन्दा ठूलो वैदेशिक तथा आन्तरिक चन्दा दिनेमा पनि शंकर समूह नै अगाडि रहेको विवरण यसअघि नै सार्वजनिक भएको थियो । यी घटनाले उनीमाथि गम्भीर प्रश्न उठ्ने देखिएको छ ।
योसँगै जेनजी आन्दोलनपछि सुधनमाथि मानव अधिकार आयोग र कार्की आयोगले समेत दोषी ठहर गदै कारवाहीका लागि सिफारिस गरेका थिए । तर स्यंम प्रधानमन्त्रीले दुवै आयोगको प्रतिवेदन लत्याउँदै उनलाई नै गृहमन्त्रीमा आफनो सरकारमा भित्र्याए ।
![]() |
![]() |
![]() |
|---|
सुधन गृहमन्त्री दोहोरिएपछि राश्वपा पनि नैतिक संकटमा परेको छ । सुशासन र परिवर्तनको नारासहित पुरानालाई गाली गरेर आएको राश्वपाले अब जनतालाई के भनेर जवाफ दिने भन्ने समेत अर्को प्रश्न खडा भएको छ ।
सुधन अघि नै तत्कालिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दिपक कुमार शाह पुदमुक्त भएका थिए ।
साह महोत्तरी–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । एमबीबीएस परीक्षा पास गराइदिने भन्दै ठगी गरेको आरोपमा तत्कालीन वल्र्ड वाइड कन्सल्टेन्सीको सञ्चालक दीपक साह र सिन्धुली घर भएका गणेश अधिकारीलाई प्रहरीले २०७३ असोज १६ मा पक्राउ गरेको थियो ।
Image Source: © https://mulpatra.com
२०७३ मंसिर १० मा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कृष्णकमल अधिकारीको इजलासले साह र अधिकारीविरुद्धको ठगी मुद्दामा दाबी नपुग्ने भन्दै सफाइ दिएको थियो ।
जिल्ला अदालतको फैसला उपर सरकारी वकिल कार्यालयले २०७४ जेठ ३ गते उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो ।
उच्च अदालत पाटनका न्यायाधीश लेखनाथ घिमिरे र न्यायाधीश डा. रवि शर्मा अर्यालको इजलासले २०७४ असार ३ गते जिल्ला अदालतको फैसला नै सदर गरेको थियो ।
मन्त्री शाह एकपछि अर्को विवादमा मुछिएका घटनाहरु सार्वजनिक भएपछि प्रधानमन्त्री शाहले चासो देखाएर रास्वपाका नेताहरुसँग छलफल गरेका थिए । गत चैत १३ गते मन्त्री नियुक्त भएका आफ्नै श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य बिमा बोर्डमा नियुक्ति दिलाइएका थिए ।
त्यसको रहस्य बुझेपछि प्रधानमन्त्री शाह मन्त्री साहसँग असन्तुष्ट बनेका थिए । साह महोत्तरी–२ का प्रत्यक्ष निर्वाचित सांसद हुन् । बर्खाती
सुशासन र परिवर्तनको नारा दिएर आएको सरकारले स्वार्थमा गृहमन्त्रीलाई गृहमन्त्रालयमै फकाएपछि स्यंम प्रधानमन्त्रीमाथि प्रश्न खडा भएको छ ।
राजनीतिमा आएर छोटो समयमै शक्तिशाली पदमा पुगेका गुरुङ बिचौलिया दीपक भट्टको प्रभावमा लाइसेन्स पाएको स्टार माइक्रो इन्स्योरेन्सको संस्थापक सेयर धनी रहेको खुलेको थियो ।
उक्त इन्योरेन्सको प्रारम्भिक सेयर लगत सूचीको ४९औँ नम्बरमा सुधनको नाम छ । उक्त कम्पनीमा उनले २५ लाख रुपैयाँ सेयर लिएको लगानी भएको देखिएको छ ।
उक्त कम्पनी २०७९ सालमा लाइसेन्स पाएको लञु बीमा कम्पनी हो । आईओ समेत निष्कासन हुन बाँकी रहेको उक्त कम्पनीमा दीपक भट्ट लगानी रहेको कम्पनी इन्फिनिटी होल्डिङ्गस, जगदम्बा ग्रुप तथा शंकर ग्रुपको लगानी रहेको देखिन्छ । यी समूहका सञ्चालकहरू हाल सम्पत्ति शुद्धीकरणको अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् ।
उक्त इन्स्योरेन्समा सेयर भएको देखिए पनि सुधनले यो विवरण सम्पत्ति विवरणमा भने खुलाएका थिएनन् । गृहमन्त्री सुधनले गत साता प्रधानमन्त्री तथा मन्त्रिपरिषद्लाई कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा होप होल्डिङ्स र अनुज प्रमियम अपार्टमेन्टस् नामक कम्पनीमा मात्रै संस्थापक शेयर लगानी भएकबध उल्लेख गरेका थिए ।
यसबाहेक उनले धितोपत्र बजारमा कारोबार हुने सेयर भनेर २ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर रहेको विवरण प्रस्तुत गरेका छन् । तर, स्टार माइक्रो इन्स्योरेन्सको यो सेयर धितोपत्र बजारमा कारोबार हुने प्रकृतिको शेयर होइन,त्यसैले यो शेयर यो समूहभित्र पर्दैन । धनकुटामा २० रोपेनी जग्गा समेत रहेको खुलेपछि उनीमाथि राश्वपामै प्रश्न उठेको थियो ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



