Close

Recent Posts

गृहमन्त्रीको उद्घोष, पुनः दरबार हत्याकाण्डको छानबिन गर्ने

गृहमन्त्रीको उद्घोष, पुनः दरबार हत्याकाण्डको छानबिन गर्ने
  • २६ जेष्ठ २०८३, मंगलवार २०:२४

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले देशमा भएका गम्भीर अपराध तथा चर्चित घटनाका फाइलहरू पुनः खोल्दै अनुसन्धानलाई अघि बढाइने घोषणा गरेका छन्। गृहमन्त्रीले सार्वजनिक गरेका चार महत्वपूर्ण निर्णयमध्ये विसं २०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्डको थप छानबिन गर्ने निर्णय समेत छ ।

mulpatra

गृहमन्त्रीले सम्बोधनका क्रममा राजदरबार हत्याकाण्ड सम्बन्धमा यसअघि तयार भएका अनुसन्धान प्रतिवेदनहरूको अध्ययन गरी आवश्यक आधार र प्रमाणका आधारमा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने जानकारी दिए। उनले सरकार सत्यतथ्य बाहिर ल्याउने उद्देश्यका साथ पुराना र संवेदनशील घटनाहरूको अध्ययन तथा अनुसन्धानलाई प्राथमिकतामा राख्ने बताए।

त्यस्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई थप सशक्त र प्रभावकारी बनाइने भएको छ । ब्युरोमा जघन्य अपराध, आर्थिक अपराध र संगठित अपराध अनुसन्धानका लागि विषयगत विशिष्टीकृत समूह गठन गरिनेछ।

mulpatra mulpatra mulpatra

त्यसैगरी गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहावट हुन नदिन ‘सेन्सेटिभ इन्फर्मेसन भिजिलियन्स टिम (एसआईभीटी)’ गठन गर्ने निर्णय पनि गरिएको छ। उक्त टोलीले गोप्य सूचनाको सुरक्षा तथा चुहावटमा संलग्न व्यक्तिमाथि निगरानी र कारबाही गर्नेछ।

गृहमन्त्रीले जेनजी आन्दोलनसँग सम्बन्धित फौजदारी अभियोजनका मुद्दाहरू फिर्ता गर्न सकिने वा नसकिने विषयमा अध्ययन गर्न विशेष कार्यदल गठन गरिने जानकारी पनि दिए। कार्यदलले कानुनी तथा तथ्यगत आधारमा अध्ययन गरी सरकारलाई सिफारिससहित प्रतिवेदन बुझाउनेछ।

निर्णयहरू सार्वजनिक गर्नु अघि गृहमन्त्रीले सामाजिक सञ्जाल र सञ्चार माध्यममार्फत हुने ‘मिडिया ट्रायल’ तथा नागरिकको चरित्र हत्या गर्ने प्रवृत्तिप्रति कडा असन्तुष्टि व्यक्त गरे। विशेषगरी महिला तथा चेलीबेटीहरूको प्रतिष्ठामाथि आघात पुग्ने गतिविधि सह्य नहुने चेतावनी दिँदै उनले तथ्यमा आधारित आलोचना स्वीकार्य भए पनि आधारहीन आरोप र चरित्र हत्या स्वीकार्य नहुने बताए।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com