Close

Recent Posts

इरानमाथि अमेरिकाको भीषण आक्रमण

इरानमाथि अमेरिकाको भीषण आक्रमण
  • २४ असार २०८३, बुधबार ०९:०४

एजेन्सी। अमेरिकाले इरानका सैन्य संरचनामाथि व्यापक हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम)का अनुसार स्ट्रेट अफ होर्मुज क्षेत्रमा तीन वटा तेल ट्याङ्करमाथि भएको आक्रमणपछि जवाफी कारबाहीस्वरूप ८० भन्दा बढी सैन्य लक्ष्यमा आक्रमण गरिएको हो।

mulpatra

अमेरिकी सेनाले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स ९आईआरजीसी०सँग सम्बन्धित वायु रक्षा प्रणाली, तटीय निगरानी केन्द्र, क्षेप्यास्त्र प्रक्षेपण स्थल, ड्रोन लन्च प्याड, सैन्य कमाण्ड केन्द्र तथा होर्मुज क्षेत्रमा परिचालित ६० भन्दा बढी साना सैन्य डुङ्गालाई निशाना बनाएको जनाएको छ। आक्रमण गरिएका स्थानहरूको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार केश्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा शक्तिशाली विस्फोट भएका छन्। केही विस्फोटका छर्राले नागरिक क्षेत्रसमेत प्रभावित भएको र केही सर्वसाधारण घाइते भएको इरानको दाबी छ।

mulpatra

तीन तेल ट्याङ्करमाथि भएको आक्रमणको जिम्मेवारी इरानले औपचारिक रूपमा स्वीकार गरेको छैन। अमेरिकाले अन्तर्राष्ट्रिय जलमार्गमा व्यावसायिक जहाजमाथिको आक्रमणलाई अस्वीकार्य भन्दै आफ्नो सैन्य कारबाही त्यसैको प्रतिउत्तर भएको स्पष्ट पारेको छ।

यस घटनासँगै अमेरिकाले इरानमाथि लगाइएको तेल व्यापारसम्बन्धी प्रतिबन्ध पुनः पूर्ण रूपमा लागू गरेको छ। गत महिना भएको समझदारीअनुसार दिइएको अस्थायी छुट पनि खारेज गरिएको अमेरिकी अर्थमन्त्रालयले जनाएको छ। इरानले भने यसलाई दुई देशबीच भएको समझदारीको उल्लङ्घन भएको भन्दै अमेरिकाको कदमको आलोचना गरेको छ।

Image Source: © https://mulpatra.com

इरानका उपविदेशमन्त्रीले अमेरिकी आक्रमणलाई शान्ति तथा समझदारीको उल्लङ्घन भएको बताएका छन्। उनले इरान आफ्नो राष्ट्रिय सुरक्षा र सार्वभौमिकताको रक्षा गर्न आवश्यक कदम चाल्ने चेतावनी दिएका छन्। इरानी विदेश मन्त्रालयले पनि अमेरिकाको व्यवहारलाई अविश्वसनीय र असंगत भएको प्रतिक्रिया दिएको छ।

तनाव बढ्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उकालो लागेको छ। अमेरिकी कच्चा तेलको मूल्य करिब २।७ प्रतिशतले बढेर प्रति ब्यारेल ७२।४० अमेरिकी डलर पुगेको छ। तेल आपूर्तिमा अवरोध आउन सक्ने चिन्ताले विश्व बजारमा ऊर्जा मूल्यमा थप दबाब परेको विश्लेषण गरिएको छ।

यद्यपि अमेरिकी अधिकारीहरूले सैन्य कारबाहीका बीच पनि इरानसँग कूटनीतिक संवाद जारी रहने बताएका छन्। उनीहरूका अनुसार अन्तिम समाधान वार्ताबाटै खोज्ने अमेरिकी नीति यथावत् रहेको छ। अर्कोतर्फ, क्षेत्रीय तनाव थप चर्किन सक्ने जोखिमका कारण अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन दुवै पक्षलाई आग्रह गरिरहेको छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com