एसईईको नतिजा असार दोस्रो हप्ता आउने

एसईईको नतिजा असार दोस्रो हप्ता आउने
  • ८ जेष्ठ २०८१, मंगलवार १६:१०

एसईई २०८० को नतिजा असार दोस्रो हप्ता सम्ममा आउने भएको छ । माध्यमिक शिक्षा परीक्षा (SEE) को यो वर्ष को नतिजा प्रकाशन गर्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड जुटेको छ ।

बोर्डले १७ ओटा परीक्षण केन्द्रको प्राप्ताङ्क संकलन भएकोेले उत्तरपुस्तिका परीक्षण कार्य अन्तिम चरणमा पुर्याएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।

बोर्डले ५२ ओटा परीक्षण केन्द्रबाट उत्तरपुस्तिका परीक्षण गरिरहेकोमा १७ओटा केन्द्रको उत्तरपुस्तिका परीक्षण गरिसकेको जानकारी उनले दिए ।