Close

Recent Posts

पूर्व सभामुख ढुंगानाकोअन्त्येष्टि राजकीय सम्मानका साथ

पूर्व सभामुख ढुंगानाकोअन्त्येष्टि राजकीय सम्मानका साथ
  • ३ मंसिर २०८१, सोमबार २०:५८

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवंगत ढुंगानाको सम्मानमा शोक सलामी अर्पण गरेको थियो । ढुंगानाको पार्थिव शरीरमा उनका छोराहरूले दागबत्ती दिए ।

mulpatra


कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको आइतबार ८३ वर्षको उमेरमा उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो ।


अन्त्येष्टि गर्नु अघि ढुंगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, पुर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, झलनाथ खनाल माधव नेपाल, वाबुराम भट्टराई लगायत मन्त्रीहरु, पुर्वमन्त्री र उच्च पदस्थ व्यक्तिहरु पुगेका थिए ।

mulpatra mulpatra mulpatra


मन्त्रिपरिषद्को बैठकले ढुङ्गानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र आजका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।