युट्युब च्यानलमाथि काउन्सिलको कारबाही
काठमाडौं । प्रेस काउन्सिल नेपालले सामाजिक सन्जालमा अराजकता फैलाएको आरोपमा नौ वटा युट्युब च्यानललाई कारबाही गरेको छ । भ्रामक समाचार प्रसारण गरेपछि ती च्यानललाई कारबाही गरिएको बताइएको छ ।
भ्रमपूर्ण, अफवाहपूर्ण, पक्षपोषणयुक्त, गालीगलौजपूर्ण र अतिरन्जित सामाग्रीलाई प्राथमिकतामा राखेर सामाजिक सन्जाल मार्फत प्रसारण हुनु प्रचलित कानुन एवं पत्रकार आचारसंहिता विपरित भएको भन्दै कारवाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
लेकाली खबर, खबर बुलेटिन टिभी, न्युज इन नेपाल, रातोपर्दा टिभी, योहो टेलिभिजन एचडी, गुन्द्रुक न्युजमाथि निर्देशन र स्पष्टीकरण सोधिएको छ । पूर्वी गर्जन मिडिया, सगरमाथा पाना र नेपाल लाइभ एचडीमाथि कारबाहीको निम्ति साइबर ब्युरोमा पत्राचार गरिएको छ ।

हेर्नुहोस विज्ञप्तीः

