Close

Recent Posts

प्रसाईको भारतसँग सम्बन्ध राम्रो देखेपछि के गर्न खोज्दैछन् प्रधानमन्त्री ओली

  • ११ मंसिर २०८१, मंगलवार १६:५१

काठमाडौं–सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश जारी दिएको थियो । तर सर्वोच्च अदालतले दिएको आदेश प्रधानमन्त्री केपी ओलीको निर्देशनमा सरकारी अदालतले नै अवहेलना गरेको पाइएको छ । पछिल्लो समयमा प्रसाई भारतको नजिकको व्यक्ति भनिने गरेको छ ।

mulpatra

हिन्दु राज्यको पक्षमा प्रसाईले आवाज उठाउन थालेपछि प्रधानमन्त्री ओली प्रसाईसँग अझ कठोर भएको पाइएको छ । प्रसाईकै कारण ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत भ्रमणमा नबोलाएको ओलकिो बुझाई छ । प्रसाईले हिन्दुराज्यको पक्षमा आवाज उठाएको भारतले मन पराएको छ । त्यही भएर भारतीय सरकारी पक्षले प्रसाईलाई अप्रत्यक्ष रुपमा महत्वमा राखेका छन् । यसको असर एमाले अध्यक्ष केपी ओलीमाथि परेको छ ।

जसका कारण पछिल्लो समय सत्तामा पुगेपछि ओलीले प्रसाईलाई फसाउन मिथ्या आरोप बढी लगाएका छन् । भारतसँग प्रसाई नजिक भएको थाहा पाएपछि ओलीले उनलाई जसरी भएपनि जेलमै हाल्न खोजी रहेका छन् । भने उनले प्रसाईलाई जसरी हुन्छ कानुनी समस्या देखाउन खोजीरहेका छन् ।

mulpatra mulpatra mulpatra

प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भनी दायर बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश डा. मनोज शर्माको इजलासले लिखित जवाफ पेस गर्न आदेश दिएको हो । तर यही आदेशलाई प्रधानमन्त्री ओलीको निर्देशनमा अदालतले अवहेलना गरेका हुन् ।

लोकतन्त्रमा प्रसाईलाई अस्पतालमा राखेर उपचार गर्ने समेत अदालतले आदेश दिएपनि अहिले सरकारी अस्पतालले उनलाई कुनै रोग नभएको भन्दै लिन नमानेको उनको सचिवालयले जनाएको छ ।

सर्वोच्च अदालतले प्रसाईंलाई समेत अदालतमा उपस्थित गराउनु भनी आदेश दिएको छ । तर सरकारी अदालतले सर्वोच्चको आदेशको वेवास्ता गरेको छ । प्रसाई क्यान्सर रोगी हुन् । उनको स्वास्थ्यलाई ख्याल गर्दै अदालतले अस्पतालमा राखेर उपचारको व्यवस्था गर्न समेत आदेश दिएको थियो ।

Image Source: © https://mulpatra.com

सरकारले प्रसाईलाई मिथ्या आरोपमा मंसिर ४ गते पक्राउ परे । प्रसाईले गत साता प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीको ३२ अर्ब कम्बोडियामा लगानी गरेको आरोपमा केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले पक्राउ गरेको थियो ।

प्रसाईले आरोप लगाएपछि एमालेका शीष नेताहरुमा एक किसिमको त्रास पनि फैलिएको छ । अहिले एमाले अध्यक्ष ओलीमाथि सामाजिक सञ्जालको विरोध मात्र होइन र उनले यस विषयममा जवाफ दिनुपर्ने आवाज पनि उठेको छ ।
प्रसाईलाई पक्राउ परेपछि ओलीको मात्र होइन । उनको नैतिकतामाथि प्रशन उठेको छ ।