Close

Recent Posts

जापान पठाउने क्रममा समस्यामा परेका सबैको पैसा तिर्ने कुमार कार्कीको प्रतिबद्धता, आफनो पैसा महिनाभित्र फिर्ता गर्न आग्रह

जापान पठाउने क्रममा समस्यामा परेका सबैको पैसा तिर्ने कुमार कार्कीको प्रतिबद्धता, आफनो पैसा महिनाभित्र फिर्ता गर्न आग्रह
  • १२ फाल्गुन २०८१, सोमबार १२:२१

काठमाडौं– जापान कामदार पठाउने क्रममा ठगिको आरोप लागेका कुमार कार्कीले ५–६ महिनाभित्र समस्यामा परेका सबै व्यत्तिको पैसा फिर्ता गर्ने भन्दै विज्ञप्ती जारी गरेका छन् । उनले आफुमार्फत समस्यामा परेका सबैको रकम फिर्ता गर्ने कि ५–६ महिनाभित्र पुन जापान नै लैजाने भनेर विज्ञप्तीमार्फत जानकारी गराएका छन् ।

mulpatra

कार्कीले इमेलमार्फत पठाएको विज्ञप्तीमा करिब ३ करोड ६ लाख ८० हजार पैसा दिनुपर्ने र यो रकम ५–६ महिना भित्र तिर्ने समेत बताएका छन् । उनले आफनो विज्ञप्तीमा आफुले पाउनुपर्ने ६ करोड ३० लाख २५ हजार पैसा उठाउन बाँकी रहेको र यो रकम सम्बन्धीत व्यक्तिले चार महिनाभित्र फिर्ता दिन आग्रह गरेका छन् । नत्र उनीहरुको प्रमाणसहित कानुनी प्रक्रियामा जाने समेत विज्ञप्तीमा भनिएको छ ।

आफुले १८ जनाको पैसा फिर्ता दिन बाँकी रहेको छ । यो रकम इमान्दारका साथ फिर्ता दिने अथवा सम्बन्धी पक्षलाई पुर्व सर्तअनुसार नै जापान पठाइदिने समेत विज्ञप्तीमा उल्लेख छ । विभिन्न कारणले समस्यामा सिर्जना भएको र यो समस्या समाधान गर्ने र सबैको पैसा ५–६ महिना भित्र फिर्ता गर्ने विज्ञप्तीमा भनिएको छ ।

mulpatra mulpatra mulpatra

आफुबाट समस्यामा परेका सबै जनालाई कार्कीले केही समय पर्खिन र मिडियावाजी नगर्ने समेत आग्रह गरेका छन् । सबैको इमान्दारीताका साथ पैसा फिर्ता गर्ने र फेरी जापान जान इच्छा भएकालाई पठाइदिने समेत उनले इमेलमार्फत जानकारी गराएका छन् ।
आफुबाट पैसा लगेका र तिर्न बाँकी व्यक्तिले समेत यो विज्ञप्तीलाई आधार मानेर पैसा फिर्ता गर्न आग्रह गरेका छन् । यही विज्ञप्तीलाई आधार मानेर मेरो रकम चार महिनाभित्र फिर्ता गर्नु होला भनेर उनले विज्ञप्तीमा भनेका छन् ।

कार्कीका अनुसार पीडितका नाममा केही गुण्डाहरु आए कार्यालय तोडफोड गरे । त्योसँग आफुलाई ज्यान मार्ने धम्की समेत दिएका कारण अहिले त्यही समस्याका कारण जोगिएर काम गरिरहेको कार्कीले जानकारी दिए । म आफनो काममा व्यस्त भएका कारण केही समयका लागि सम्र्पकमा आउन नसकेको उनले जानकारी गराए ।

कार्कीले जानकारी गरेकाे विज्ञप्ती

Image Source: © https://mulpatra.com

यो समाचार कसै प्रति लक्षित नभइ सूचनाका लागि मात्र छापिएको हो ।