मेलवर्नमा मन जित्यो काँडेतारले

मेलवर्नमा मन जित्यो काँडेतारले
  • ४ चैत्र २०८१, मंगलवार ११:३०

मेलवर्न ४ फागुन । अष्ट्रेलियाको मेलवर्नमा देशभक्तिपूर्ण चलचित्र ‘काँडेतार’ मार्च १७ तारिकका दिन चाइना टाउन सिनेमा मिडसिटीमा बिशेष प्रदर्शन गरिएको छ । ह्यान्ड टु ह्यान्ड प्रालिका संचालक बुद्धिलाल मगर र योगेन खड्काले चलचित्रको बिशेष प्रदर्शन आयोजन गरेका हुन् ।

चलचित्र काँडेतार यथार्थपरक र राष्ट्रप्रेमले ओतप्रोत भएकाले चलचित्रलाई यहाँका नेपाली दर्शकहरूले साह्रै मन पराईदिनु भएकोले अष्ट्रेलिया, मेलर्वन निवासी प्रति आभारी छु भन्दै निर्माता, निर्देशक नवल खड्काले खुशी व्यक्त गरेका छन् । खड्काका अनुसार क्रमशः अन्य स्थानमा पनि चलचित्र ‘काँडेतार’लाई प्रदर्शन गरिने छ ।

‘काँडेतार’ जनता नै स्वयं नायक भएको देशभक्तिपूर्ण चलचित्र हो। काँडेतार विगतको गौरवगाथालाई स्मरण गराउँदै राष्ट्र, राष्ट्रियता र देशको आत्मसम्मान जोगाउन सीमा क्षेत्रका युवा र आम जनताले गरिरहेको संघर्षको कथा हो। आम नागरिकले भोग्नु परेका विकराल समस्याबारे समाधानसहितका सुझावहरु प्रस्तुत गरिएका छन्। ूकाँडेतार’ चलचित्रमा मनोरञ्जन, कलात्मकता र वैचारिकतालाई भरपुर मौलिक स्वादको तालमेल गरी ‘राष्ट्र पहिलो हो’ भन्ने बिषयलाई प्रस्तुत गरिएको छ।

यो भन्दा अगाडि युके लगायत अन्य विभिन्न शहरहरू र अष्ट्रेलियाको सिडनिमा पनि प्रदर्शन गरिएको थियोे । त्यहाँ पनि काँडेतारको चौतर्फि प्रसंम्सा बटुल्न सफल भएको थियो। कार्यकारी निर्माता गायिका सत्यकला राई, निर्माता अन्जु केसी, माकिको राई, नादिया खड्का, सनया खड्का रहेकाछन् । चलचित्रमा नवल खड्का, सुरविना कार्की, रेविका गुरूङ, गौरव पहाडी ,प्रशान्त यादव,मुरलिधर, प्रेम सुब्बा, रवि शाह, केशव रायमाझी आदिको अभिनय रहेको छ ।