Close

Recent Posts

उजुरी फछ्र्यौट नगरे करिब ८० प्रतिशत म्यानपावरको नवीकरण नहुने, इमेलबाटै दिने व्यक्तिगत भिसा रोकिएला ? (सम्बन्धीत भिडियो)

उजुरी फछ्र्यौट नगरे करिब ८० प्रतिशत म्यानपावरको नवीकरण नहुने, इमेलबाटै दिने व्यक्तिगत भिसा रोकिएला ? (सम्बन्धीत भिडियो)

उजुरी फछ्र्यौट नगरे करिब ८० प्रतिशत म्यानपावरको नवीकरण नहुने, इमेलबाटै दिने व्यक्तिगत भिसा रोकिएला ? (सम्बन्धीत भिडियो)

सुधार पहिला की एक्सन, देशगत लागत खर्च नतोकि स्टन्डवाजी की योजना

उजुरी फछ्र्यौट नगरे करिब ८० प्रतिशत म्यानपावरको नवीकरण नहुने, इमेलबाटै दिने व्यक्तिगत भिसा रोकिएला ? (सम्बन्धीत भिडियो)सुधार पहिला की एक्सन, देशगत लागत खर्च नतोकि स्टन्डवाजी की योजना
  • १५ असार २०८३, सोमबार १५:००

काठमाडौं– वैदेशिक रोजगार विभागले उजुरी फछ्र्यौट नगर्ने म्यानपावर कम्पनीहरुको नवीकरण आगामी आर्थिक वर्षमा नगर्ने भएको छ । उजुरी फछ्र्यौट नगर्ने म्यानपावरलाई आगामी साउन १ देखि वैदेशिक रोजगारमा कामदार पठाउन समेत रोक लगाउने तयारीमा विभाग छ ।

mulpatra

वैदेशिक रोजगारीमा जाने कामदारका हकमा हित, सुरक्षा तथा श्रम अधिकारको प्रभावकारी संरक्षण गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट निर्देशन प्राप्त भएअनुसार युवा, श्रम तथा रोजगार मन्त्रालयले कडाइ गर्न लागेको विभागले जनाएको छ ।

विभागले पनि पटक–पटक इजाजतपत्र प्राप्त संस्थाले आफूले वैदेशिक रोजगारीमा पठाएका प्रत्येक व्यक्ति तथा समूहका कामदारको अवस्थाबारे स्पष्ट रूपमा नियमित अनुगमन गर्ने÷गराउने सूचित गराउँदै आएको छ ।

mulpatra mulpatra mulpatra

विभागले म्यानपावर कम्पनीको नाममा रहेका सबै उजुरी असार मसान्तसम्म सकेर साउनदेखि उजुरी व्यवस्थापनलाई प्रभावकारी बनाउने गरी काम अघि बढाएको छ । आगामी साउनलेदेखि नयाँ उजुरी लिन छुट्टै संयन्त्र बनाउने विभागको तयारी छ ।

विभागमा २०५७ सालदेखि हालसम्म ४४ हजार संस्थागत र व्यक्तिगत मुद्धा विधारधिन अवस्थामा छन् । जसमा सबैभ्न्दा बढी व्यक्तिगत ठगिका मुद्धा रहेको पनि विभागकै तथ्यांकमा छ । म्यानपावर कम्पनीबाट श्रम स्वीकृति नलिई व्यक्ति आफै जिम्मेवार भई इमेलकै व्यक्तिगत श्रम स्वीकृति लिने चलन पछिल्लो समय बढ्दो छ ।

विभागमा म्यानपावर कम्पनीको २ करोडदेखि ६ करोड रुपैयाँसम्म नगद र बैंक धरौटी रहेको छ । म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा कामदार पठाउँदा तोकिएभन्दा बढी रकम लिएको, करारमा उल्लेख गरेविपरीत काम लगाएको, तलब नपाएको र फरक काम लगाएको उजुरी विभागमा पर्ने गरेको छ ।

Image Source: © https://mulpatra.com

सम्बन्धीत भिडियो

प्रमाण पुगेको उजुरीको हकमा विभागले तत्काल म्यानपावर कम्पनीले राखेको धरौटीबाट रकम काटेर पीडितलाई दिदै आएको छ । तर व्यक्तिगत रुपमा ठगिएका कामदारको हकमा यो लागू हुँदैन् ।

म्यानपावर नवीकरण गर्ने बेला अहिले भएका कारण नवीकरण गर्ने बेलामा उजुरी फरफरक भएन भने नवीकरण नगर्ने पक्षमा वैदेशिक रोजगार विभागकी महानिर्देशक मीरा आचार्य छिन् । उजुरीमा प्रमाण संकलन गर्ने काम भइरहेको छ । यसलाई कडाइका साथ कार्यान्वयन गर्ने उनले दाबी गदै आएकी छिन् ।

साउनबाट मुद्दा अनुसन्धान र राहत तथा उद्धारका विषय नयाँ प्रणालीमार्फत नै व्यवस्थित गरिने विभागकी महानिर्देशक आचार्यको दाबी छ ।

वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका म्यानपावरले बढी लागत खर्च दिएको भेटिएको हकमा प्रतिव्यक्ति ५० हजार जरिवाना विभागले तिराउँदै आएको छ । सय जनासँग बढी पैसा लिएर पठाइएको छ भने ५० लाख रुपैयाँ जरिवाना विभागले भराउँछ ।

हाल वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका ८० प्रतिशत म्यानपावर कम्पनीको कतै–कतैबाट उजुरी परेका छन् । ती म्यानपावर कम्पनीले असार मसान्तभित्र उजुरी फछ्र्यौट नगरे कामदार पठाउन समेत पाउने छैन । विभागको उक्त योजना राम्रो भएन पहिला नीतिगत सुधार गर्नुपर्ने म्यानपावर व्यवसायीको माग छ ।

अर्कोतिर विभागले नै इमेलका भरमा व्यक्तिगत श्रम स्वीकृति जारी गर्दा कामदार ठगि क्रम बढ्दो छ । व्यक्तिगत ठगिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन विभागलाई चुनौती छ । हाल विभागमा परेका ४४ हजार उजुरीमा धेरै व्यक्तिगत ठगिका भएको र कतिपय कामदार नै सम्र्पक बाहिर रहेको विभागले बताउँदै आएको छ ।

नेपालबाट कामदार पठाउँदै आएका म्यानपावर कम्पनीले बढी पैसा लिएको, तलब तथा अन्य सेवा–सुविधा नपाएको, सुरक्षित तथा उपयुक्त आवासको व्यवस्था नभएको, सम्झौता विपरीत अन्य कार्य गर्न बाध्य परेको धेरै म्यानपावरविरुद्ध उजुरी परेको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com