तीनकुनेभन्दा हिंसात्मक टीकापुर घटना,त्यहाँ प्रहरी मारिएपनि रेशमलाई छुट, प्रसाईलाई फसाउन नचाहिदो मुद्धा

काठमाडौं–‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ बनाइयो । संयोजक तोकिए– ८६ वर्षीय नवराज सुवेदी । सुवेदी नेतृत्वको समितिले चैत १५ गते तीनकुनेमा प्रदर्शन राख्यो । प्रदर्शनका कमान्डर तोकिएका थिए– दुर्गा प्रसाईं ।
प्रदर्शन सुरु हुनुअघि नै प्रहरीले अश्रुग्याँस मञ्चमा खस्यो । यस विषयमा विस्तारै प्रहरीले नै खुलाउन थालेका छन् ।
प्रदर्शन हिंसात्मक भएपछि सुवेदी नजरबन्दमा छन् । प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । यो पृष्ठभूमिमा तीनकुनेको गतिविधिमा पूर्वराजा ज्ञानेन्द्रमाथि सोधपुछ र अनुसन्धान हुनुपर्ने तर्क सांसदहरूले राखेका हुन् । तर शाह तीनकुने आन्दोलनमा कत्तैबाट सहभागि छैन ।
शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिमा गृहमन्त्री रमेश लेखकसहित मन्त्रालय र सुरक्षा निकायका अधिकारीहरूसँग छलफल थियो । सिंहदरबारस्थित समितिको सभाकक्षमा भएको छलफलमा सहभागी अधिकांश सांसदले मौन रहेकै कारण पूर्वराजा ज्ञानेन्द्रले छुट पाउन नहुने भनेर सरकारलाई खबरदारी गरे ।
२०७२ मा राज्यको पुनर्संरचनाका क्रममा सुदूरपश्चिममा थरुहट र अखण्ड सुदूरपश्चिमको आन्दोलन सुरु भएको थियो । त्यसै क्रममा ७ भदौमा टीकापुरमा हिंसात्मक घटना भयो । उक्त घटनामा तत्कालीन सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित ८ प्रहरी र एक बालकको मृत्यु भएको थियो ।
त्यसको अक्रोशमा भोलिपल्ट रेशमको घर, एफएममा आगजनी भयो । थारु समुदायका ८८ वटा घरमा लुटपाट र आगजनी भयो । सोही घटनाको योजनाकारका रुपमा रेशम चौधरीलाई अदालतबाट जन्मकैदको सजाय भएको थियो ।
घटनाको योजनाकारको आरोप लागेका उनी त्यसपछि भूमिगत भएका थिए । २०७४ मंसिरमा भएको चुनावमा उनी भूमिगत अवस्थामै कैलाली १ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतले विजयी भएका थिए ।
वारिसनामा उम्मेदवारी दिएर चुनाव जिते पनि प्रमाणपत्र ग्रहण गर्न उनी आफैं आउनु पर्ने भयो । त्यसैले प्रमाणपत्र बुझ्न पाउनुपर्ने मागसहित रिट हाले तर सर्वोच्चले अस्वीकार गरेपछि उनले १५ फागुन २०७४ मा कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरे ।
पूर्पक्षका लागि थुनामा रहेकै बेला १९ पुस २०७५ मा सांसदको शपथ लिएका उनलाई दुई महिनापछि जिल्ला अदालत, कैलालीले जन्मकैदको सजाय सुनायो भने ३ पुस २०७७ मा उच्च अदालत, दिपालयले सजायलाई सदर गरेको थियो । उनलाई तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले आममाफी दिएको थियो ।
रेशमको करिब १५ वर्ष कैद सजाय माफी गर्न सिफारिस गरेको थियो । पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीको १४ वर्ष ९ महिना जेल सजाय छुट भएको हो ।
यसपटक चौधरीसहित १९ जनाले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ बमोजिम गणतन्त्र दिवसको उपलक्ष्यमा माफी पाएका छन् ।
प्रहरीले आफ्नो कमजोरी लुकाउन मञ्चमा नसुनिएको राष्ट्रिय गानको धुन राखेर अश्रुग्याँस खसेको जस्तो देखिने भिडियो बनाएर प्रचार गरेको जिकिर गरेको छ । तर, त्यस दिन मञ्चमै खटिएका सादा पोसाकका एक जना जुनियर प्रहरी अधिकृत भन्छन्, ‘अराजक भिड नियन्त्रण गर्ने क्रममा मञ्चमा अश्रुग्याँस प्रहार गरेपछि सभा बिथोलियो । त्यसपछि, प्रदर्शनकारी थप तोडफोडमा उत्रिएका हुन् ।’
प्रसाई फन्दामा मात्र परेको उनको दाबी छ । प्रधानमन्त्री र गृहमन्त्रीले नै कार्यक्रम विथोल्न निर्देशन दिएको उनले जानकारी दिए । तर प्रधानमन्त्री र गृहमन्त्रीले भने प्रसाईलाई मात्र दोष लगाइरहेका छन् । अहिले यसको आलोचना समेत भइरहेको छ ।
दुर्गा प्रसाईँ तीनकुने पुग्दा प्रहरीले खड्का र सन्तोषको समूहलाई अश्रुग्याँस प्रहार गर्नुपर्ने अवस्था आइसकेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृत भन्छन्, ‘त्यस दिन सुरुदेखि नै सन्तोष राजावादी र पशुपति खड्काले भिडन्त सुरु गरेका हुन् ।’ उनले भने ।
तीनकुनेभन्दा ठुलो टिकापुर घटनाका दोषी चौधरीले उन्मुक्ति पाएर राजनीतिकमा छन् । तर सरकारले घुसपेठ गरे ज्यान दिएको तीनकुने घटनामा प्रसाई कसरी दोषी भनेर राप्रपा नेता कमल थापाको प्रश्न छ । उनले तीनकुने घटनामा प्रसाई होइन सरकार दोषी छ । त्यही भएर उनलाई नचाहिदो मुद्धा नफसाउन सरकारसँग आग्रह गरे ।
प्रसाईंलाई भने राज्यविरुद्धको कसुर र संगठित अपराधमा म्याद थप गरिएको छ । अहिले तत्काल अनुसन्धान अगाडि बढाउनका लागि यी कसुरमा म्याद लिएको भएपनि पछि ज्यान मार्ने उद्योगसहितका अन्य कसुर पनि थप हुने जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।