एटीएफ प्रसाईनिकट हाेइन, प्रहरीले झुठो आराेप लगायाे सचिवालय

काठमाडौं – चैत १५ गते तीनकुनेको घरमा आगजनी दुर्गा प्रसाईं निकट समूह (एटीएफ) ले गरेको प्रहरीले आराेप लगाएकाे छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँले हिरासतमा राखेर अनुसन्धान गरिरहेका एटिएफका प्रवक्ता रहेका रामेछापको सुनापाति गाउँपालिका १ का २२ वर्षका सरोज गौतम र एटीएफका सदस्य अछामको पञ्चदेवलका २० वर्षीय गोकर्ण शाही रहेका छन्।
तर उत्त समूह प्रसाईनिकट नभएको पाइएकाे छ ।
दुर्गा प्रसाईंले भने पिपुल्स डिफेन्स फोर्स (पीडीएफ) गठन गरेका थिए। एटीएफ नभएकाे प्रसाईकाे सचिवालयले जनाएकाे छ ।
सचिवालयका अनुसार प्रहरीले उनलाई फसाउने यस्तो बताएको आराेप लगाएकाे छ । प्रहरीकाे दाबी गलत भएकाे सचिवालयकाे दाबी छ ।
यस्तै राजावादीले नै रोयल टाक्स फोर्स पनि गठन गरेका थिए।
तीनकुनेको घटनामा यी तीनवटा फोर्स परिचालित भएका थिए। प्रहरीले तीनवटै समूहमा आवद्धलाई पक्राउ गरेको छ।
प्रहरीले उनीहरूलाई आपराधि उपद्रो र संगठित अपराधमा म्याद लिएर अनुसन्धान गरिरहेको छ। चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईं पनि पक्राउ परिसकेका छन्।
राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र धवलशमशेर राणासहित ८२ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।