Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

एटीएफ प्रसाईनिकट हाेइन, प्रहरीले झुठो आराेप लगायाे सचिवालय

एटीएफ प्रसाईनिकट हाेइन, प्रहरीले झुठो आराेप लगायाे सचिवालय
  • ३० चैत्र २०८१, आईतवार १९:४८

काठमाडौं – चैत १५ गते तीनकुनेको घरमा आगजनी दुर्गा प्रसाईं निकट समूह (एटीएफ) ले गरेको प्रहरीले आराेप लगाएकाे छ ।

mulpatra

जिल्ला प्रहरी परिसर काठमाडौँले हिरासतमा राखेर अनुसन्धान गरिरहेका एटिएफका प्रवक्ता रहेका रामेछापको सुनापाति गाउँपालिका १ का २२ वर्षका सरोज गौतम र एटीएफका सदस्य अछामको पञ्चदेवलका २० वर्षीय गोकर्ण शाही रहेका छन्। 

तर उत्त समूह प्रसाईनिकट नभएको पाइएकाे छ ।

mulpatra mulpatra mulpatra

दुर्गा प्रसाईंले भने पिपुल्स डिफेन्स फोर्स (पीडीएफ) गठन गरेका थिए। एटीएफ नभएकाे प्रसाईकाे सचिवालयले जनाएकाे छ ।

सचिवालयका अनुसार प्रहरीले उनलाई फसाउने यस्तो बताएको आराेप लगाएकाे छ । प्रहरीकाे दाबी गलत भएकाे सचिवालयकाे दाबी छ ।

यस्तै राजावादीले नै रोयल टाक्स फोर्स पनि गठन गरेका थिए।

Image Source: © https://mulpatra.com

तीनकुनेको घटनामा यी तीनवटा फोर्स परिचालित भएका थिए। प्रहरीले तीनवटै समूहमा आवद्धलाई पक्राउ गरेको छ। 

प्रहरीले उनीहरूलाई आपराधि उपद्रो र संगठित अपराधमा म्याद लिएर अनुसन्धान गरिरहेको छ। चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईं पनि पक्राउ परिसकेका छन्। 

राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र धवलशमशेर राणासहित ८२ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।