Close

Recent Posts

तीनकुने घटनामा प्रसाईलाई दोषी बनाएर राप्रपा नेताद्वय जबरा र मिश्रलाई छाड्दै सरकार

तीनकुने घटनामा प्रसाईलाई दोषी बनाएर राप्रपा नेताद्वय जबरा र मिश्रलाई छाड्दै सरकार
  • ३० चैत्र २०८१, आईतवार ११:४३

काठमाडौं– तीनकुने घटनाका मुख्य अभियुक्त दुर्गा प्रसाईँ पक्राउ परिसकेको सन्दर्भमा कांग्रेस र एमालेको शीर्ष नेतृत्व पनि राप्रपा महामन्त्री तथा प्रतिनिधि सभा सदस्य डा. धवल शमसेर जबरा र सहअध्यक्ष रवीन्द्र मिश्रलाई रिहा गर्ने तयारीमा लागेका छन् ।

राणा र मिश्रलाई रिहा गर्ने पक्षमा देखिएपछि गृह मन्त्रालयले सोही अनुसार छलफल गरेको हो । सरकारले राप्रपा महामन्त्री तथा प्रतिनिधि सभा सदस्य डा. धवल शमसेर जबरा र सहअध्यक्ष रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा रिहा गर्नेबारे परामर्श गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपाका नेताद्वयलाई प्रक्रिया मिलाएर रिहा गर्ने पक्षमा छन् । उनले प्रधानमन्त्री र गृहमन्त्रीसँग पनि कुरा गरिसकेकाले नै इन्कारी बयान गराएर हाजिरी जमानीमा रिहा गर्ने संकेत आएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

गृहमन्त्री रमेश लेखकले शनिबार साँझै प्रहरी प्रमुखसहित रानीपोखरी र परिसरकार उच्च प्रहरी अधिकारीहरुलाई छलफलका लागि बोलाएका थिए । तर, त्यतिबेलै कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्रीलाई बोलाएका कारण स्थगित भएको गृहमन्त्रालयले स्रोतको दाबी छ ।

यता जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारी अनुसन्धानको म्यादअगावै मुद्दा बुझाउने सुरसार नभएको बताउँछन् । अधिकारीका अनुसार अनुसन्धान गर्ने ६० दिनको म्याद बाँकी छ, त्यसैले बयान गराइएको छैन । छिटै छुटाउनुपर्ने वा मुद्दालाई विषयान्तर गर्नुपर्नेजस्ता दबाब नआएको भन्दै उनले प्रक्रियासंगत रुपमा मुद्दा अगाडि बढाइने बताए ।

चैत १५ गते साँझ पक्राउ परेका राणा र मिश्रसँग प्रहरीले अहिलेसम्म बयान लिएको छैन । उनीहरूलाई म्याद थप गर्दै राखिएको छ । उच्च राजनीतिक नेतृत्वबाट कस्तो आदेश आउँछ सोही अनुसार बयान हुने भएकाले पनि प्रहरीले माथिको संकेत पर्खेको छ ।

राणा र मिश्र छाड्न दबाब

राणा प्रतिनिधिसभा सदस्य समेत रहेका र परराष्ट्र मन्त्री आरजु राणाका पारिवारिक नातेदार समेत रहेकाले दोहोरो दबाब परेको बताइन्छ । प्रधानमन्त्रीलाई धवल शमसेरकी पत्नी प्रतिमा राजे सिन्धिया (राणा)ले अंग्रेजीमा लामो पत्र लेखेर पतिको रिहाइको लागि आग्रह गरेको बताइन्छ । उनी ग्वालियरकी राजकुमारीसमेत भएकाले धवलको लागि बाह्य आग्रहसमेत बढेको छ ।

पशुपति शसमेरको ससुराली र धवलको ससुराली एकै दरबार अर्थात मध्यप्रदेशको ग्वालियर हो । ग्वालियरकै राजकुरमा ज्योतिरादित्य सिन्धिया अहिले नरेन्द्र मोदी सरकारको मन्त्री छन् ।

सरकारले राणा मिश्रलाई छाडेर सरकारले मुख्य दोषी प्रसाईलाई मात्र बनाउन लागिपरेको छ । तीनकुने जनप्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाई थिए । जसका कारण उनलाई मात्र दोषी बनाएर राणा र मिश्रलाई छाड्नुपर्ने दबाब बढेको गहृमन्त्रालयले स्रोतको दाबी छ । स्रोतका अनुुसार यसमा कांग्रेस सभापति देउवा र उनकी पत्नी राणा नै लागेका छन् ।