Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

तीनकुने घटनामा प्रसाईलाई दोषी बनाएर राप्रपा नेताद्वय जबरा र मिश्रलाई छाड्दै सरकार

तीनकुने घटनामा प्रसाईलाई दोषी बनाएर राप्रपा नेताद्वय जबरा र मिश्रलाई छाड्दै सरकार
  • ३० चैत्र २०८१, आईतवार ११:४३

काठमाडौं– तीनकुने घटनाका मुख्य अभियुक्त दुर्गा प्रसाईँ पक्राउ परिसकेको सन्दर्भमा कांग्रेस र एमालेको शीर्ष नेतृत्व पनि राप्रपा महामन्त्री तथा प्रतिनिधि सभा सदस्य डा. धवल शमसेर जबरा र सहअध्यक्ष रवीन्द्र मिश्रलाई रिहा गर्ने तयारीमा लागेका छन् ।

mulpatra

राणा र मिश्रलाई रिहा गर्ने पक्षमा देखिएपछि गृह मन्त्रालयले सोही अनुसार छलफल गरेको हो । सरकारले राप्रपा महामन्त्री तथा प्रतिनिधि सभा सदस्य डा. धवल शमसेर जबरा र सहअध्यक्ष रवीन्द्र मिश्रलाई हाजिरी जमानीमा रिहा गर्नेबारे परामर्श गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले राप्रपाका नेताद्वयलाई प्रक्रिया मिलाएर रिहा गर्ने पक्षमा छन् । उनले प्रधानमन्त्री र गृहमन्त्रीसँग पनि कुरा गरिसकेकाले नै इन्कारी बयान गराएर हाजिरी जमानीमा रिहा गर्ने संकेत आएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

mulpatra mulpatra mulpatra

गृहमन्त्री रमेश लेखकले शनिबार साँझै प्रहरी प्रमुखसहित रानीपोखरी र परिसरकार उच्च प्रहरी अधिकारीहरुलाई छलफलका लागि बोलाएका थिए । तर, त्यतिबेलै कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्रीलाई बोलाएका कारण स्थगित भएको गृहमन्त्रालयले स्रोतको दाबी छ ।

यता जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारी अनुसन्धानको म्यादअगावै मुद्दा बुझाउने सुरसार नभएको बताउँछन् । अधिकारीका अनुसार अनुसन्धान गर्ने ६० दिनको म्याद बाँकी छ, त्यसैले बयान गराइएको छैन । छिटै छुटाउनुपर्ने वा मुद्दालाई विषयान्तर गर्नुपर्नेजस्ता दबाब नआएको भन्दै उनले प्रक्रियासंगत रुपमा मुद्दा अगाडि बढाइने बताए ।

चैत १५ गते साँझ पक्राउ परेका राणा र मिश्रसँग प्रहरीले अहिलेसम्म बयान लिएको छैन । उनीहरूलाई म्याद थप गर्दै राखिएको छ । उच्च राजनीतिक नेतृत्वबाट कस्तो आदेश आउँछ सोही अनुसार बयान हुने भएकाले पनि प्रहरीले माथिको संकेत पर्खेको छ ।

Image Source: © https://mulpatra.com

राणा र मिश्र छाड्न दबाब

राणा प्रतिनिधिसभा सदस्य समेत रहेका र परराष्ट्र मन्त्री आरजु राणाका पारिवारिक नातेदार समेत रहेकाले दोहोरो दबाब परेको बताइन्छ । प्रधानमन्त्रीलाई धवल शमसेरकी पत्नी प्रतिमा राजे सिन्धिया (राणा)ले अंग्रेजीमा लामो पत्र लेखेर पतिको रिहाइको लागि आग्रह गरेको बताइन्छ । उनी ग्वालियरकी राजकुमारीसमेत भएकाले धवलको लागि बाह्य आग्रहसमेत बढेको छ ।

पशुपति शसमेरको ससुराली र धवलको ससुराली एकै दरबार अर्थात मध्यप्रदेशको ग्वालियर हो । ग्वालियरकै राजकुरमा ज्योतिरादित्य सिन्धिया अहिले नरेन्द्र मोदी सरकारको मन्त्री छन् ।

सरकारले राणा मिश्रलाई छाडेर सरकारले मुख्य दोषी प्रसाईलाई मात्र बनाउन लागिपरेको छ । तीनकुने जनप्रदर्शनका जनकमाण्डर दुर्गा प्रसाई थिए । जसका कारण उनलाई मात्र दोषी बनाएर राणा र मिश्रलाई छाड्नुपर्ने दबाब बढेको गहृमन्त्रालयले स्रोतको दाबी छ । स्रोतका अनुुसार यसमा कांग्रेस सभापति देउवा र उनकी पत्नी राणा नै लागेका छन् ।