प्रसाईं सर्वमान्य नेता, धवलशमशेर अध्यक्ष र नयाँ रणनीति बनाउँदैप्रसाईको क्रिजमा राप्रपा तानिदै, समस्यामा लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेर नयाँ पार्टी बनाउन लागेका धवलशमशेर राणा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईसँग मिलेर नयाँ पार्टी घोषणा गरेका छन् ।

उक्त पार्टीको अध्यक्ष धवलशमशेर राणा बनेका छन् । प्रसाईं भने सर्वमान्य नेता हुने भएका छन् । उक्त पार्टीले पूर्णआकार भने आउने साता लिनेछ ।
राणानिकटहरूको भनाइमा अध्यक्षमा राणा र सर्वमान्य नेता चयन गर्न आन्तरिक सहमति भइसकेको छ । त्यही सहमतिअनुसार उनीहरूले पार्टीको संरचना बनाउने तयारी गरेका छन् ।
![]() |
![]() |
![]() |
|---|
राणा र प्रसाईंको आन्तरिक सहमतिपछि पार्टी निर्माणमा लागि दुईवटा समिति गठन गरिएका छन् । पार्टीको विधान, नाम र चिह्नलगायतका लागि एउटा कार्यदल बनेको छ । उक्त कार्यदलको नेतृत्व मुकुन्दश्याम गिरीले गरेका छन् । समितिमा ११ जना छन् ।
त्यसैगरी, असन्तुष्ट र सम्भावित व्यक्तिहरूलाई पार्टीमा भित्र्याउन राजु आचार्यको नेतृत्वमा ५ सदस्यीय वार्ता टोली बनेको छ । उनीहरूले दल निर्माणका लागि ३१ वटा विभाग गठन गरेका छन् । विभाग प्रमुखहरूलाई आइतबार काठमाडौंमा आयोतिज एक कार्यक्रममा जिम्मेवारी हस्तान्तरण गरिएको छ । राणा र प्रसाईंले संयुक्त रुपमा जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
पार्टी एकता कार्यदल, कार्यसम्पादन कार्यदल, वार्ता कार्यदल लगायतका विभाग गठन गरिएको आयोजकले जानकारी दिएको छ । जसमा मुकुन्दश्याम गिरी, सगुनसुन्दर लावती, राजु आचार्य, धनश्वर शाही, खड्ग जिसी, ईश्वरीप्रसाद भट्टराई, केशवराज श्रेष्ठ, डा. महेन्द्रजंग शाह, दिलविकास राजभण्डारी लगायत रहेका छन् ।
Image Source: © https://mulpatra.com
नयाँ पार्टी गठन गर्न भन्दै २१ जेठमा राप्रपा महामन्त्री धवलशमेर राणा लगायतले पार्टी छाडेका थिए । त्यसपछि दुर्गा प्रसाईंको समूह राणाको समूहसँग मिलेका थिए ।
दुर्गा प्रसाईको क्रिजमा राप्रपाका नेता कार्यकर्ता समेत प्रसाई तिर आउन थालेका छन् । जसका कारण राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन समेत समस्यामा परेका छन् ।
प्रसाईको अभियानतर्फ राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी का केही नेता तथा कार्यकर्ता आकर्षित हुन थालेको चर्चा बढेको छ । प्रसाईंले राजसंस्था पुनस्र्थापना, हिन्दू राष्ट्र र व्यवस्था परिवर्तनका विषयलाई जोडदार रूपमा उठाइरहेका बेला राप्रपाभित्रै समर्थन आधार जोगाउने चुनौती देखिन थालेको राजनीतिक वृत्तमा विश्लेषण भइरहेको छ ।
यद्यपि, राप्रपाका नेता–कार्यकर्ता ठूलो संख्यामा प्रसाईंकै पक्षमा गएको भन्ने दाबीलाई पुष्टि गर्ने आधिकारिक तथ्य सार्वजनिक भएका छैनन् । तर राजावादी र हिन्दू राष्ट्र समर्थक मतदाता तथा कार्यकर्तामाझ प्रभाव विस्तारको प्रतिस्पर्धाले राप्रपा नेतृत्वमाथि दबाब बढाएको भने देखिन्छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार आगामी दिनमा राजावादी शक्तिहरूबीचको एकता, नेतृत्वको स्वीकार्यता र जनसमर्थन व्यवस्थापनले राप्रपा तथा प्रसाईं दुवैको राजनीतिक भविष्य निर्धारण गर्नेछ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



