Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्रसाईलाई छुटाउन नबोलेको भन्दै लिङ्देनप्रति राप्रपाभित्र असन्तुष्टि

प्रसाईलाई छुटाउन नबोलेको भन्दै लिङ्देनप्रति राप्रपाभित्र असन्तुष्टि
  • १६ बैशाख २०८२, मंगलवार १६:४५

काठमाडौं– सबै राजावादी शक्ति एक शक्तिहरू एक भएर काठमाडौंको शान्तिबाटिकामा तीनकुने घटनामा पक्राउ गरेका छुटाउन दबाब दिने घोषणा गरे । तर प्रहरी हिरासतमा रहेका नेताहरू छुटाउन दबाब दिएका थिए । तीनकुने हिंसात्मक घटनामा पक्राउ परेकाहरूलाई सरकारले तत्काल रिहा गर्नुपर्ने राप्रपालगायतका सबै राजावादीहरुको थियो ।

mulpatra

दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले लिङ्देनप्रति असन्तुष्टि व्यक्त गरेको छ ।
कमल थापा अध्यक्ष नेतृत्वको राप्रपा (नेपाल) ले आयोजना गरेको खबरदारी सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट, राजसंस्था पुनः स्थापनाका लागि गठन भएको आन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी एकै मञ्चमा उभिएर राजा फकाउने घोषणा गरे । उक्त कार्यक्रममा सहभागिले दुर्गा प्रसाई खोई भन्दै नारा पनि लगाए ।

राप्रपाको खबरदारी सभामा सबैले तीनकुने घटनामा समातिएका दुर्गा प्रसाईलाई छुटाउन दबाब दिनुपर्ने बताएपनि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले भने उनको विषयमा केही बोलेनन् । उनले कार्यक्रममा सहभागि लगाएको नारा समेत वेवास्ता गरे ।
सबै राजावादी शक्ति एकठाउँमा उभिनु राम्रो हो । तर, राप्रपाका अध्यक्षज्यूले दाइ (प्रसाईँ) का बारेमा नबोल्नु चाहीँ स्वाभाविक राम्रो नभएको भन्दै महाअभियानका नेता प्रेमदीप थाम्सुहाङ मञ्चमै आरोप लगाए ।

mulpatra mulpatra mulpatra

कमल थापाले खुलेरै बोलेपनि राप्रपा अध्यक्षले बोलेको नसुनिएको उनले बताए । यही घटनामा पक्राउ परेको अभियानका कमाण्डर प्रसाईँ अझै प्रहरी हिरासतमै छन् । शान्तिबाटिकाको कार्यक्रममा प्रायः जसो नेताहरूले रिहाइको माग गरे पनि राप्रपा अध्यक्ष लिङ्देनले भने प्रसाईँको प्रसंग कोट्याएनन् । यस विषयमा राप्रपाकै नेताहरु असन्तुष्ट देखिए ।

प्रसाईले राप्रपाबाट राजावदी आन्दोलन सफल नहुने अभिव्यक्ति दिएपछि लिङ्देन असन्तुष्ट बनेका थिए । यसअघि पनि लिङ्देन र प्रसाईबीच असन्तुष्टि देखिएको थियो । लिङ्देनले प्रसाईलाई तीनकुने घटनामा किन नपक्रिएको भनेर बल्खुको कार्यक्रममा बोलेका थिए ।

राजावादी आन्दोलनको जड दुर्गा प्रसाई नै भएको राप्रपाकै नेताहरुले बताउँदै आएका छन् । राप्रपालाई जनताले जुन अभिमत दिएका थिए, त्यो अनुसारको एजेन्डा उठान नभएकै कारण त आज अरूले राजतन्त्रको वकालत गर्नु परेको हो ।

Image Source: © https://mulpatra.com