तीनकुनेको क्षति महानगरलाई तिर्न राजावादीले साढे आठ लाख उठाए, बालेनले पत्र सच्याए मात्र बुझाउन अडान

तीनकुनेको क्षति महानगरलाई तिर्न राजावादीले साढे आठ लाख उठाए, बालेनले पत्र सच्याए मात्र बुझाउन अडान
  • २६ बैशाख २०८२, शुक्रबार १४:५२

काठमाडौं– काठमाडौं महानगरपालिकाले चैत १५ गतेको आन्दोलनका क्रममा तीनकुनेमा फोहोर गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई तोकेको जरिवाना तिर्न राजावादीहरुले रकम सङ्कलन गरेका छन् । सङ्कलित रकम राजसंस्था पुनस्र्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिलाई हिजो हस्तान्तरण गरिएको छ ।

mulpatra

महानगर प्रमुख बालेन्द्र साहले पूर्वराजालाई जरिवानाको पत्र पठाएपछि राजसंस्था समर्थकहरु आक्रोशित बनेका थिए । उनीहरुले सो जरिवाना निर्मल निवासलाई नतिराउने भन्दै चन्दा सङ्कलन अभियान चलाएका हुन् । समितिका संयोजक नवराज सुबेदीलाई ८ लाख ३९ हजार ४ सय रुपैयाँ बुझाइएको छ ।

महानगरले पूर्वराजालाई तीनकुने आन्दोलनमा प्रमुख जिम्मेवार ठह¥याउँदै ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको थियो । जरिवानाको पत्र बुझाउन गएका महानगर कर्मचारीहरूलाई निर्मल निवासले फर्काइदिएको थियो । त्यसपछि हुलाकबाट पत्र पठाइएको महानगरले बताएको छ । निर्मल निवासले यो विषयमा कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । तर, राजावादीहरुले तीनकुने आन्दोलनको आयोजक दुर्गा प्रसाईँको नागरिक बचाउ महाअभियान भएकाले राजालाई जरिवाना तिराउन खोज्नु बालेनको बदनियत भएको बताउँदै आएका छन् ।

mulpatra mulpatra mulpatra

समितिलाई रकम हस्तान्तरण भए पनि महानगरले पत्र नसच्याएसम्म जरिवाना नबुझाइने भएको छ । समितिकी सदस्य रमा सिंहले महानगरलाई पत्र सच्याउन भनिएको बताइन् ।

‘राजाका नाममा पठाइएको जरिवाना पत्र फिर्ता लिएर आयोजक संस्थाका नाममा अर्को पत्र पठाइयो भने हामी तिर्न तयार छौं । अन्यथा यो रकम सङ्घर्ष समितिमै रहन्छ,’ उनले भनिन् ।

आफूले महानगरका जिम्मेवार व्यक्तिसँग कुरा गर्दा पत्र फिर्ता लिन आनाकानी गरिएको सिंहको भनाइ छ । ‘उहाँहरू पत्र फिर्ता लिन तयार हुनुभएको छैन । हामी राजाका नामबाट जरिवाना तिर्दैनौं,’ उनले थपिन् ।

Image Source: © https://mulpatra.com