Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्रधानमन्त्री ओलीक हावा गफ: भारत र पाकिस्तान हात हालाहाल लडाइँ राेकेकाे दाबी

प्रधानमन्त्री ओलीक हावा गफ: भारत र पाकिस्तान हात हालाहाल लडाइँ राेकेकाे दाबी
  • २९ बैशाख २०८२, सोमबार १५:२४

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सम्भावित लडाइँबाट पन्छिएकोमा छिमेकी देश भारत र पाकिस्तानलाई धन्यवाद दिएका छन् । दुई देशबीच हात हालाहालको स्थिति आए पनि युद्ध सुरु नभएको प्रति उनले सन्तोष व्यक्त गरे ।

mulpatra

आज लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा प्रधानमन्त्री ओलीले बुद्धका उपदेशहरू आज पनि विश्वका लागि महत्त्वपूर्ण रहेको बताए ।

उनले भारत र पाकिस्तानको प्रसंग जोड्दै भने, ‘केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो । तर त्यो हात हालाहाल बढ्न पाएनन् । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो हात हालाहालको स्थिति भनेर । लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना ग¥यौँ । उहाँहरुसित पनि कुरा ग¥यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ ।’

mulpatra mulpatra mulpatra

ओली पाकिस्तानसँग भने लडाईका बारेमा अहिलेसम्म गफ गरेका छैन । तर उनले यस विषयमा हावा गफ दिएका छन् ।