Close

Recent Posts

मध्यपहाडी यात्रा: प्रचण्डले गरे डडेलधुराबाट देउवालाई फोन

मध्यपहाडी यात्रा: प्रचण्डले गरे डडेलधुराबाट देउवालाई फोन
  • ३ जेष्ठ २०८२, शुक्रबार १३:३३

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेका छन्। मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानका लागि देउवाको गृहजिल्ला डडेलधुरा पुगेका प्रचण्डले देउवालाई फोन गरेका हुन्।

mulpatra

प्रेस सेन्टर डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले देउवासँग कुराकानी भएको बताए। उनले डडेलधुरामा न्यानो स्वागत पाएको सुनाए।

उनले पत्रकारहरुसँग भने, ‘म यहाँ बस्दै गर्दा यो अब शेरबहादुर देउवाजीको जिल्ला भनेर पनि चिनिन्छ, देउवाजीसँग पनि सम्पर्क भयो र उहाँले पनि मेरो जिल्लामा स्वागत भन्नुभयो। डडेलधुरामा स्वागत भन्नुभएको छ।’

mulpatra mulpatra mulpatra

उनले फोन वार्तामा थप के कुराकानी भयो भने खुलाएनन्। उनले कांग्रेसका पुराना नेताहरुसहित अन्य राजनीतिक दलका नेताहरूसँग पनि कुराकानी भएको सुनाए।

यसअघि १५ मंसिर २०८० मा नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग फोन वार्ता गरेका थिए ।

मेची–महाकाली अभियानको सिलसिलामा डडेलधुरा पुगेका ओलीले मोबाइलमार्फत देउवाकै गृहजिल्ला पुगेर फोनमा कुराकानी गरेका थिए ।

Image Source: © https://mulpatra.com