नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त
  • ७ जेष्ठ २०८२, मंगलवार १९:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरको रूपमा अर्थविद् विश्वनाथ पौडेल नियुक्त भएका छन्। मन्त्रिपरिषदको बैठकले पौडेलको नियुक्ति मंगलबार साँझ बालुवाटारमा निर्णय गरेको हो। सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङका अनुसार तीन जनाको नाम सिफारिस भए पनि अन्ततः पौडेललाई नियुक्त गर्ने निर्णय गरिएको हो।

mulpatra

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन गरिएको सिफारिस समितिले विश्वनाथ पौडेल, कायममुकायम गभर्नर नीलम ढुंगाना, र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा गभर्नर नियुक्तिबारे छलफल भएको थियो। छलफलमा अर्थमन्त्री पौडेल र गृहमन्त्री रमेश लेखकको पनि सहभागिता थियो।

mulpatra mulpatra mulpatra

नेपाल राष्ट्र बैंकमा गभर्नरको पद चैत २४ गतेदेखि रिक्त थियो, र त्यसपछि नीलम ढुंगानालाई कायममुकायम गभर्नर बनाइएको थियो।

सुरुमा प्रधानमन्त्री ओली र सभापति देउवाबीच डा. गुणाकर भट्टलाई गभर्नर बनाउने कुरा भएको थियो, तर नेकपा (एमाले) भित्र असहमतिका कारण भट्टको नाम अघि बढ्न सकेन। त्यसपछि सभापति देउवाले विश्वनाथ पौडेलको नाम प्रस्ताव गरेका थिए।