Close

Recent Posts

क्रिप्टो कारोबारबाट ट्रम्पले एकै वर्षमा कमाए १ अर्ब अमेरिकी डलर

क्रिप्टो कारोबारबाट ट्रम्पले एकै वर्षमा कमाए १ अर्ब अमेरिकी डलर
  • १७ असार २०८३, बुधबार १७:५०

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टो करेन्सीको कारोबारबाट एक वर्षमा एक अर्ब अमेरिकी डलर कमाएका छन् ।

mulpatra

सार्वजनिक गर्नैपर्ने आर्थिक रिपोर्टको जानकारी दिँदै ट्रम्पले ९२७ पेजको रिपोर्टमा क्रिप्टोको उक्त आयलाई सार्वजनिक गरेका हुन् । जुन उनको सन् २०२५ को कमाइ हो ।

क्रिप्टो करेन्सीमा ज्यादै ध्यान दिने ट्रम्पलाई तारिफ गरेर ह्वाइट हाउसकी प्रेस सचिव एन्ना केलीले भनेकी छिन्, ‘राष्ट्रपतिले अमेरिकालाई क्रिप्टोको राजधानी बनाउनुभएको छ । उहाँले होस् वा उहाँको परिवारले कतै पनि स्वार्थ बाझिनेगरी चाहिँ काम गर्नुभएको छैन ।’

mulpatra mulpatra mulpatra

ट्रम्पले सार्वजनिक गरेको अरु कमाइमा उनले नाममा बनाइएका बाइबल, घडी, अत्तर र गितारको रोयल्टीबाट ४७ लाख अमेरिकी डलर कमाइ भएको छ भने उनको आर आ लागो रिसोर्टबाट ७ करोड ७० लाख अमेरिकी डलर कमाइ भएको छ ।

फ्लोरिडाको गल्फ कोर्सबाट १२ करोड २० लाख अमेरिकी डलरको कमाइ भएको छ । ट्रम्पपत्नी मेलानिया ट्रम्पले पनि गत वर्ष १ करोड ७ लाख अमेरिकी डलर कमाएकी छन् । उनको बारेमा बनेको एक डमुकेन्ट्रीको लाइसेन्सबापत् उनले त्यति कमाएकी हुन् ।