Close

Recent Posts

प्रसाई बिनाको राजावादी आन्दोलन दबाउँदै प्रधानमन्त्री, मान्छे नआउने आशंका गदै समिति

प्रसाई बिनाको राजावादी आन्दोलन दबाउँदै प्रधानमन्त्री, मान्छे नआउने आशंका गदै समिति
  • १४ जेष्ठ २०८२, मंगलवार १७:२४

काठमाडौं– १५ जेठमा सरकार र गणतन्त्र पक्षधर दलहरूले गणतन्त्र दिवस मनाउने तयारी गरेका छन् । राजावादी समूहले पनि त्यसै दिनबाट राजा फर्काउने आन्दोलन चर्काउने घोषणा गरेको छ ।

mulpatra

अहिले राजावादी आन्दोलनका लागि राप्रपा र अरु नेता घरदैलो कार्यक्रममा छन् । तर यस आन्दोलनमा मान्छे नआउने आशंका समेत गर्न थालिएको छ । यसको मुख्य कारण भनेको नागारिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई प्रहरी हिरासतमा हुने हो ।

राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते सुरु हुने जनआन्दोलनको निम्तो दिन घरदैलो कार्यक्रम सुरु गरेको छ ।

mulpatra mulpatra mulpatra

तीन देखि दुई राप्रपा र राजावादीका केही नेताहरु घरदैलो कार्यक्रममा छन् । उनीहरुसँग प्रसाईको बारेमा जिज्ञासा राख्दै धेरै राजावादीहरुले आन्दोलनमा नआउने संकेत गरेको एक राप्रपा नेपालले जानकारी दिए ।

उनका अनुसार प्रसाईबिना राजावादी आन्दोलनमा अपुरो हुने देखियो र धेरै मान्छे नआउने आशंका समिति र राप्रपाका नेताहरुले गरिरहेको उनले बताए । ‘प्रसाईका कारण राजावादी आन्दोलन अहिलेको अवस्थामा आयो । राप्रपा र राजावादीहरुले अहिले उनैलाई वाइपास गर्न खोजेको राजावादीहरुले मन पराएका छैन ।’ उनले भने ।

आन्दोलनमा काठमाडौंवासीको सक्रिय सहभागिताको लागि आग्रह गर्दै जमलबाट घरदैलो कार्यक्रम सुरु गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए । उनका अनुसार जेठ १५ गतेको आन्दोलनमा जनताले ठुलो सहभागिता हुन्छ ।

Image Source: © https://mulpatra.com

आगामी ‘१५ जेठमा काठमाडौं एमालेको नियन्त्रण’मा हुनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति विवादित बनेको छ । सत्ता साझेदार दल नेपाली कांग्रेस सहित विभिन्न दलका नेताहरूले प्रधानमन्त्री ओलीको भनाइप्रति आपत्ति जनाएका छन् ।
प्रधानमन्त्री ओली प्रसाई बिनाको राजावादी आन्दोलन सहजै दबाउन सकिने बताउँदै समेत आएका छन् ।

ओली राजावादी आन्दोलन प्रसाईको भरमा चलेको बुझेका छन् । त्यही भएरपनि उनले जेठ १५ गतेको आन्दोलन जसरी भएपनि दबाउनतिर लागेका छन् ।

सत्ताको प्रमुख साझेदार दल नेपाली कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिको जिम्मेवारी नलिने बताएको छ भने विपक्षी दलहरूले गरैजिम्मवार भएको भन्दै टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री ओलीले आइतबार गोदावरीमा एमाले बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रममा १५ जेठमा गणतन्त्र दिवसको दिन राजावादीहरूले गर्ने आन्दोलनलाई निस्तेज पार्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका थिए ।