Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

राजावादीको आन्दोलन रत्नपार्क केन्द्रित, एमालेको तयारी रत्नपार्कमै

राजावादीको आन्दोलन रत्नपार्क केन्द्रित, एमालेको तयारी रत्नपार्कमै
  • १४ जेष्ठ २०८२, मंगलवार ११:४४

काठमाडौं– राजसंस्था पुनस्र्थापनाको मागसहित काठमाडौंमा राजावादीले जेठ १५ मा संयुक्त आन्दोलनको थालनी गर्दै छन् ।नवराज सुबेदीले नेतृत्व गरेको संयुक्त जनआन्दोलन समितिको अगुवाइ र सबै राजावादी घटकहरूको सहभागीमा वृहत आन्दोलन हुन लागेको हो ।

mulpatra

उपत्यका बाहिरबाट समेत मानिसहरू उतारेर काठमाडौंमा शक्ति प्रदर्शन गर्ने राजावादीहरूको तयारी छ । राजसंस्था पुनस्र्थापना नभएसम्म आन्दोलन निरन्तर जारी राख्ने उनीहरूले बताइरहेका छन् ।

यही दिन एमालेले पनि जनप्रदर्शन गर्ने भएपछि सुरक्षा अवस्था संवेदनशील बन्ने देखिएको छ ।

mulpatra mulpatra mulpatra

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो आफ्नो पार्टी पङ्तिलाई गणतन्त्र दिवस मनाउन सडकमा उत्रिने निर्देशन दिए । उनले त्यस दिन काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने भनेर समेत भाषण गरेका छन् । यसबाट एमाले र राजावादीबीच सिधा टकराबको जोखिम उत्पन्न भएको छ ।

संयुक्त जनआन्दोलन समितिले आफ्नो कार्यक्रम रत्नपार्क केन्द्रित गर्ने तयारी गरेको छ । गत शनिवार आयोजित जागरण सभामा १५ गते दिउँसो १२ बजे रत्नपार्क आउन आह्वान गरिएको थियो । यद्यपि, अहिलेसम्म समितिले रत्नपार्कमा प्रदर्शनका लागि प्रशासनसित अनुमति लिएको छैन ।