Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

युवा संघ नेपालको दशौं महाधिवेशन : क्षितिज थेबे पुनः अध्यक्ष निर्वाचित

युवा संघ नेपालको दशौं महाधिवेशन : क्षितिज थेबे पुनः अध्यक्ष निर्वाचित
  • १४ जेष्ठ २०८२, मंगलवार २०:३७

पोखरा । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालको दशौं महाधिवेशनले क्षितिज थेबेलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ। यसअघि नवौं महाधिवेशनमा पनि अध्यक्षमा निर्वाचित भएका थेबेले यसपटक ७९६ मत प्राप्त गर्दै प्रतिस्पर्धी सुमन पुरीलाई १८८ मतको अन्तरले पराजित गरे।

mulpatra

निर्वाचनमा सुमन पुरीले ६०८ मत प्राप्त गरे। पुरी आठौं महाधिवेशनमा उपाध्यक्ष र नवौंमा महासचिव पदमा निर्वाचित भएका थिए। यसपटक अध्यक्षको उम्मेदवारी दिएका उनले पराजय व्यहोर्नु पर्‍यो।

थेबेको प्यानलबाट उपाध्यक्षमा महाराजा गुरूङ र विनय शाही, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, खुला सचिवमा मदन भण्डारी र देवु बस्नेत, महिला सचिवमा निशा लिम्बू, र मधेशी सचिवमा मोबिन आलम उम्मेदवार रहेका थिए।

mulpatra mulpatra mulpatra

उता सुमन पुरी नेतृत्वको प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम, महासचिवमा कुवेर अधिकारी, उपमहासचिवमा खेमराज शर्मा, खुला सचिवमा ध्रुव खड्का र अरुण कुँवर, महिला सचिवमा रेशु तामाङ, र मधेशी सचिवमा चितरञ्जन यादव उम्मेदवार बनेका थिए।

दशौं महाधिवेशन अन्तर्गत मंगलबार सम्पन्न निर्वाचनमा देशभरबाट आएका १,७६५ प्रतिनिधिमध्ये १,४०४ जनाले मतदान गरेका थिए। मतदान प्रक्रिया इलेक्ट्रोनिक भोटिङ मेसिन (EVM) मार्फत सम्पन्न भएको थियो, जसका लागि ९ वटा क्षेत्र र ४० वटा मतदान बुथ तोकिएको थियो।

यस निर्वाचनले युवा संघमा नेतृत्व निरन्तरताको संकेत गर्दै थेबेको प्रभावशाली पुनरागमन सुनिश्चित गरेको छ।

Image Source: © https://mulpatra.com