Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

सभामुखले बार्गेनिङ गरेको आरोप राश्वपाको आरोप

सभामुखले बार्गेनिङ गरेको आरोप राश्वपाको आरोप
  • १५ जेष्ठ २०८२, बुधबार १४:२८

काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले सभामुखले सदनमा सत्तापक्षलाई बोल्न दिनको लागि विपक्षी दलसँग बार्गेनिङ गरेको आरोप लगाएका छन् ।

mulpatra

भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विपक्षी दलले अवरोध गरेपछि सभामुखले आज दलीय आधारमा बोल्न तयार भए मात्रै बोल्न समय दिने नभए नदिने बताएका थिए ।

आज प्रतिपक्षलाई पनि बोल्न दिएनन्। बैठक स्थगित भएपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘सार्वभौम सदनमा जनताको आवाज लिएर उपस्थित भएको प्रतिपक्षलाई बोल्न समय उपलब्ध गराइएन। सत्तापक्षलाई बोल्न दिने भए दिने नत्र नदिने भनेर सभामुखले पनि बार्गेनिङ गर्नुभयो। त्यसले लज्जाबोध भएको छ।’

mulpatra mulpatra mulpatra

उनले सदनमा प्रतिपक्षले बोल्न पाउनुपर्ने भएपनि नदिएको बताए। उनले थपे, ‘हाम्रो माग यथावत् छ। गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको नभई सदन चल्न दिँदैनौँ।’