Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

संघका अध्यक्ष गुरुङ नै सिण्डिकेटका लागि मन्त्रीको क्याविनसम्म, बैंठकमा विवाद

संघका अध्यक्ष गुरुङ नै सिण्डिकेटका लागि मन्त्रीको क्याविनसम्म, बैंठकमा विवाद
  • १५ जेष्ठ २०८२, बुधबार १६:४६

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा भुवनसिंह गुरुङ आएका एक महिना मात्र भएको छ । तर उनीमाथि संघकै पदाधिकारीहरुले प्रश्न उठाउन थालेका छन् । संघका अध्यक्ष गुरुनै मलेसिया, दक्षिण कोरिया र इजरायल लगायतका देशमा सिमित म्यानपावरले मात्र कामदार पठाउनुपर्छ भनेर लविङमा लागेको संघकै सदस्यहरुले आरोप लगाउन थालेका छन् ।

mulpatra

गत सोमबार संघको बैंठकमा अध्यक्ष गुरुङले मलेसिया, दक्षिण कोरिया र इजरायल लगायतका देशमा सिण्डिकेटका विषयमा छलफल गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद्सिंह भण्डारीलाई भेट्न कतार भिसा सेन्टरका सञ्चालक हेम गुरुङलाई लिएर श्रम मन्त्रालय पुगेको विषय उठेको छ ।

गुरुङले श्रम मन्त्रीसँगै दक्षिण कोरिया र इजरायल लगायल देशमा सिण्डिकेट लगाउन केही व्यवसायीसँग लविङ गरेको समेत म्यानपावर व्यवसायीले बताउँदै आएका छन् । उनले कैलाश खड्कासहित केही व्यवसायीसँग मिलेर मलेसियाको सिण्डिकेटका लागि लविङका गरिरहेको आरोप छ ।

mulpatra mulpatra mulpatra

संघका सदस्य कृष्ण ढकालले संघका अध्यक्षमाथि सिण्डिकेटका लागि दौडिएको बैंठकमा आरोप लगाए । उनले सिण्डिकेटका लागि श्रम मन्त्रीलाई भेट्ने हेम गुरुङलाई लिएर पुगेको संघका अर्को सदस्य भरत सपकोटा बैंकमै बताएका थिए ।

गुरुङले सिण्डिकेटका पक्षमा लविङ गरिरहेका १० म्यानपावर व्यवसायी संघको कोही पदाधिकारीलाई नभेट्न दबाब र धम्की दिदै आएका छन् । यतिसम्म कि सिण्डिकेटका लागि लविङ गरिरहेका १० व्यवसायीलाई भेट्ने संघका पदाधिकारीलाई कारवाही समेत गर्ने चेतवानी दिइरहेका संघकै एक जना सदस्यले जानकारी दिए । तर उनै गुरुङले चाहि आन्तरिक रुपमा विभिन्न रोजगारदाता देशमा सिण्डिकेटका लागि लबिङ गरिरहेको संघकै पदाधिकारीको आरोप छ ।

मलेसिया, दक्षिण कोरिया र इजरायल लगायतका देशमा सिण्डिकेटका नहुने र यस्तो कार्यमा सहभागि नहुने समेत श्रम मन्त्रालयले सम्बन्धीत पक्षलाई विज्ञप्तीमाफत जानकारी गराएको छ ।

Image Source: © https://mulpatra.com

याे समाचार गाेप्य सूचनाका आधारमा बनाइएको हाे ।