संघका अध्यक्ष गुरुङ नै सिण्डिकेटका लागि मन्त्रीको क्याविनसम्म, बैंठकमा विवाद

संघका अध्यक्ष गुरुङ नै सिण्डिकेटका लागि मन्त्रीको क्याविनसम्म, बैंठकमा विवाद
  • १५ जेष्ठ २०८२, बुधबार १६:४६

काठमाडौं– वैदेशिक रोजगार व्यवसायी संघको नेतृत्वमा भुवनसिंह गुरुङ आएका एक महिना मात्र भएको छ । तर उनीमाथि संघकै पदाधिकारीहरुले प्रश्न उठाउन थालेका छन् । संघका अध्यक्ष गुरुनै मलेसिया, दक्षिण कोरिया र इजरायल लगायतका देशमा सिमित म्यानपावरले मात्र कामदार पठाउनुपर्छ भनेर लविङमा लागेको संघकै सदस्यहरुले आरोप लगाउन थालेका छन् ।

गत सोमबार संघको बैंठकमा अध्यक्ष गुरुङले मलेसिया, दक्षिण कोरिया र इजरायल लगायतका देशमा सिण्डिकेटका विषयमा छलफल गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद्सिंह भण्डारीलाई भेट्न कतार भिसा सेन्टरका सञ्चालक हेम गुरुङलाई लिएर श्रम मन्त्रालय पुगेको विषय उठेको छ ।

गुरुङले श्रम मन्त्रीसँगै दक्षिण कोरिया र इजरायल लगायल देशमा सिण्डिकेट लगाउन केही व्यवसायीसँग लविङ गरेको समेत म्यानपावर व्यवसायीले बताउँदै आएका छन् । उनले कैलाश खड्कासहित केही व्यवसायीसँग मिलेर मलेसियाको सिण्डिकेटका लागि लविङका गरिरहेको आरोप छ ।

संघका सदस्य कृष्ण ढकालले संघका अध्यक्षमाथि सिण्डिकेटका लागि दौडिएको बैंठकमा आरोप लगाए । उनले सिण्डिकेटका लागि श्रम मन्त्रीलाई भेट्ने हेम गुरुङलाई लिएर पुगेको संघका अर्को सदस्य भरत सपकोटा बैंकमै बताएका थिए ।

गुरुङले सिण्डिकेटका पक्षमा लविङ गरिरहेका १० म्यानपावर व्यवसायी संघको कोही पदाधिकारीलाई नभेट्न दबाब र धम्की दिदै आएका छन् । यतिसम्म कि सिण्डिकेटका लागि लविङ गरिरहेका १० व्यवसायीलाई भेट्ने संघका पदाधिकारीलाई कारवाही समेत गर्ने चेतवानी दिइरहेका संघकै एक जना सदस्यले जानकारी दिए । तर उनै गुरुङले चाहि आन्तरिक रुपमा विभिन्न रोजगारदाता देशमा सिण्डिकेटका लागि लबिङ गरिरहेको संघकै पदाधिकारीको आरोप छ ।

मलेसिया, दक्षिण कोरिया र इजरायल लगायतका देशमा सिण्डिकेटका नहुने र यस्तो कार्यमा सहभागि नहुने समेत श्रम मन्त्रालयले सम्बन्धीत पक्षलाई विज्ञप्तीमाफत जानकारी गराएको छ ।

याे समाचार गाेप्य सूचनाका आधारमा बनाइएको हाे ।