Close

Recent Posts

प्रसाईले दौडाएको राजावादी आन्दोलनमा छैन राप्रपासँग विश्वास, हाजिरीमा छुटेका धवल र मिश्र फरार

प्रसाईले दौडाएको राजावादी आन्दोलनमा छैन राप्रपासँग विश्वास, हाजिरीमा छुटेका धवल र मिश्र फरार
  • १५ जेष्ठ २०८२, बुधबार १८:०९

काठमाडौं– गत चैत्र १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा हिंसात्मक बन्दा त्यसो दोष नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईमाथि मात्र देखाइयो । उनको नेतृत्वको भिड अनियन्त्रित बन्न पुगेका फुटेज पनि सार्वजनिक गदै दोषी बनाइयो ।

तर प्रसाईले सरकार र प्रहरीले भनेजस्तो आसपासका घर तथा राजनीतिक पार्टीका कार्यालयहरूमा आगजनी र पसलहरूमा लुटपाटका लागि कसैलाई प्रयोग गरेको देखिएन । १५ जेठमा सरकार र गणतन्त्र पक्षधर दलहरूले गणतन्त्र दिवस मनाउने तयारी गरेका छन् । राजावादी समूहले पनि त्यसै दिनबाट राजा फर्काउने आन्दोलन चर्काउने घोषणा गरेको छ ।

राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते सुरु हुने जनआन्दोलनको निम्तो दिन घरदैलो कार्यक्रम सुरु गरेको छ । यसमा आन्दोलनमा जनताले प्रसाईको आवश्यक रहेको औंल्याएका छन् । भने उनलाई भेट्न हिरासत पुगेका धेरै यही प्रस्ताव समेत गर्दै आएका छन् । उनीहरुसँग प्रसाईको बारेमा जिज्ञासा राख्दै धेरै राजावादीहरुले आन्दोलनमा नआउने संकेत गरेको एक राप्रपा नेपालले जानकारी दिए ।

उनका अनुसार प्रसाईबिना राजावादी आन्दोलनमा अपुरो हुने देखियो र धेरै मान्छे नआउने आशंका समिति र राप्रपाका नेताहरुले गरिरहेको उनले बताए । ‘प्रसाईका कारण राजावादी आन्दोलन अहिलेको अवस्थामा आयो । तर यस आन्दोलनमा मान्छे नआउने आशंका समेत गर्न थालिएको छ ।’ उनले भने ।
यसको मुख्य कारण भनेको नागारिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई प्रहरी हिरासतमा हुने हो ।

गत साता सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै मिश्रलाई थुनामुक्त गर्ने आदेश दिएको थियो । हाल उनी अदालत र प्रहरीको सम्र्पकमा नभएको प्रहरी स्रोतले जनएको छ ।

उनी सार्वजनिक कार्यक्रममा देखिएपनि अदालत र प्रहरीसँग सम्र्पकमा नभएका कारण फरार सूचीमा छन् । यस विषयमा प्रहरीले चासो दिएको छैन । गत वैशाख ७ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर राणा हाजिरी जमानीमा छुटेका थिए । राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानी गर्ने शर्तमा परिवारको जिम्मा लगाइएको थियो ।

हाल राजावादी आन्दोलनमा देखा परिरहेका राणा अहिले प्रहरी र अदालतको सम्र्पकमा नरहेको पाइएको छ । हाल उनीहरु सार्वजनिक कार्यक्रममा देखिएपनि प्रहरीको सूचीमा भने फरार रहेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुको जस्तै मुद्धामा हिरासतमा रहेका दुर्गा प्रसाईलाई भने सरकारले फसाउन अनेक प्रयास गरिरहेको छ । प्रसाईमाथि सात वटाभन्दा बढी मुद्धामा प्रहरीले छानबिन गरिरहेको छ । मिश्र र राणालाई नियोजित तरिकाले सरकारले छाडेको थियो । तर प्रसाईप्रति सरकार कठोर बनेको छ ।