Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

प्रसाईले दौडाएको राजावादी आन्दोलनमा छैन राप्रपासँग विश्वास, हाजिरीमा छुटेका धवल र मिश्र फरार

प्रसाईले दौडाएको राजावादी आन्दोलनमा छैन राप्रपासँग विश्वास, हाजिरीमा छुटेका धवल र मिश्र फरार
  • १५ जेष्ठ २०८२, बुधबार १८:०९

काठमाडौं– गत चैत्र १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा हिंसात्मक बन्दा त्यसो दोष नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईमाथि मात्र देखाइयो । उनको नेतृत्वको भिड अनियन्त्रित बन्न पुगेका फुटेज पनि सार्वजनिक गदै दोषी बनाइयो ।

mulpatra

तर प्रसाईले सरकार र प्रहरीले भनेजस्तो आसपासका घर तथा राजनीतिक पार्टीका कार्यालयहरूमा आगजनी र पसलहरूमा लुटपाटका लागि कसैलाई प्रयोग गरेको देखिएन । १५ जेठमा सरकार र गणतन्त्र पक्षधर दलहरूले गणतन्त्र दिवस मनाउने तयारी गरेका छन् । राजावादी समूहले पनि त्यसै दिनबाट राजा फर्काउने आन्दोलन चर्काउने घोषणा गरेको छ ।

राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ गते सुरु हुने जनआन्दोलनको निम्तो दिन घरदैलो कार्यक्रम सुरु गरेको छ । यसमा आन्दोलनमा जनताले प्रसाईको आवश्यक रहेको औंल्याएका छन् । भने उनलाई भेट्न हिरासत पुगेका धेरै यही प्रस्ताव समेत गर्दै आएका छन् । उनीहरुसँग प्रसाईको बारेमा जिज्ञासा राख्दै धेरै राजावादीहरुले आन्दोलनमा नआउने संकेत गरेको एक राप्रपा नेपालले जानकारी दिए ।

mulpatra mulpatra mulpatra

उनका अनुसार प्रसाईबिना राजावादी आन्दोलनमा अपुरो हुने देखियो र धेरै मान्छे नआउने आशंका समिति र राप्रपाका नेताहरुले गरिरहेको उनले बताए । ‘प्रसाईका कारण राजावादी आन्दोलन अहिलेको अवस्थामा आयो । तर यस आन्दोलनमा मान्छे नआउने आशंका समेत गर्न थालिएको छ ।’ उनले भने ।
यसको मुख्य कारण भनेको नागारिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई प्रहरी हिरासतमा हुने हो ।

गत साता सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै मिश्रलाई थुनामुक्त गर्ने आदेश दिएको थियो । हाल उनी अदालत र प्रहरीको सम्र्पकमा नभएको प्रहरी स्रोतले जनएको छ ।

उनी सार्वजनिक कार्यक्रममा देखिएपनि अदालत र प्रहरीसँग सम्र्पकमा नभएका कारण फरार सूचीमा छन् । यस विषयमा प्रहरीले चासो दिएको छैन । गत वैशाख ७ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर राणा हाजिरी जमानीमा छुटेका थिए । राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानी गर्ने शर्तमा परिवारको जिम्मा लगाइएको थियो ।

Image Source: © https://mulpatra.com

हाल राजावादी आन्दोलनमा देखा परिरहेका राणा अहिले प्रहरी र अदालतको सम्र्पकमा नरहेको पाइएको छ । हाल उनीहरु सार्वजनिक कार्यक्रममा देखिएपनि प्रहरीको सूचीमा भने फरार रहेको प्रहरी स्रोतले जनाएको छ । उनीहरुको जस्तै मुद्धामा हिरासतमा रहेका दुर्गा प्रसाईलाई भने सरकारले फसाउन अनेक प्रयास गरिरहेको छ । प्रसाईमाथि सात वटाभन्दा बढी मुद्धामा प्रहरीले छानबिन गरिरहेको छ । मिश्र र राणालाई नियोजित तरिकाले सरकारले छाडेको थियो । तर प्रसाईप्रति सरकार कठोर बनेको छ ।