Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

रत्नपार्क–भद्रकाली सडक अस्तव्यस्त, २ बजेसम्म वैकल्पिक रुट प्रयोग गर्न प्रहरीको आग्रह

रत्नपार्क–भद्रकाली सडक अस्तव्यस्त, २ बजेसम्म वैकल्पिक रुट प्रयोग गर्न प्रहरीको आग्रह
  • १६ जेष्ठ २०८२, बिहीबार ०९:५७

काठमाडौं– गणतन्त्र दिवसलक्षित विभिन्न कार्यक्रमका कारण आज बिहान १० बजेदेखि सैनिक मञ्च, टुँडिखेल वरिपरिको सडकमा ट्राफिक डाइभर्सन हुने भएको छ ।

mulpatra

गणतन्त्र दिवस मूल समारोह समितिले सैनिक मञ्चमा १० बजेदेखि आयोजना गर्ने कार्यक्रमका लागि राष्ट्रपति रामचन्द्र पौडेल पुगेलगत्तै सुरु हुने विभिन्न झाँकी तथा सांस्कृतिक प्रदर्शनका कारण मूल सडकको सवारी आवागमन बन्द बन्द गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथका प्रमुख एसएसपी विनोद घिमिरेले बताए ।

राष्ट्रपति पौडेल ११ बजे टुँडिखेलबाट फर्किएपछि नेकपा एमालेले सोही क्षेत्र केन्द्रित प्रदर्शन आयोजना गर्ने भएको छ । त्यसपछिको ३ घण्टासम्म उक्त क्षेत्रमा सवारी आवागमन अवरुद्ध हुने एसएसपी घिमिरेले बताए ।

mulpatra mulpatra mulpatra

राप्रपाले २ बजेपछि गर्ने भनिएको रत्नपार्क केन्द्रित प्रदर्शनका क्रममा प्रदर्शनकारीलाई शान्तिबाटिकाबाट अगाडि बढ्न नदिने सुरक्षा नीति छ । त्यसको व्यवस्थापन जिल्ला प्रहरी परिसर, काठमाडौंले गर्ने भएको छ । ट्राफिक प्रमुख घिमिरेका अनुसार राप्रपाले गर्ने कार्यक्रममा सडक अवरोध नहुने गरी व्यवस्थापन भएको जानकारी प्राप्त भएका कारण २ बजेपछि सडक खुला हुने भएको छ । यदि कुनै अवरोध आएमा बढीमा ४ बजेसम्म उक्त सडकमा सवारी आवागमन प्रभावित हुने उनले बताए ।

उक्त सडकमा सवारी आवागमन बन्द भएको समयका लागि पुतलीसडक–जय नेपाल हल तथा कालिकास्थान–चारखाल सडक (ठाडो लाइन) को रुटलाई प्रयोग गरिने छ ।