Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

गणतन्त्र दिवसः टुँडिखेलमा यसरी मनाइयो

गणतन्त्र दिवसः टुँडिखेलमा यसरी मनाइयो
  • १६ जेष्ठ २०८२, बिहीबार ११:५५

काठमाडौं – काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

mulpatra

समारोहमा नेपाली सेनाले हेलिकोप्टरबाट पुष्पवृष्टि गर्नुका साथै गणतन्त्र दिवस, २०८२ लेखिएको व्यानर प्रदर्शन गरेको थियो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उपत्यकाका जिविस, नगरपालिका, खेलकुद परिषद्का खेलाडी, स्थानीयले मार्चपास, नृत्य, कवाज व्याण्ड, विविध सांस्कृतिक प्रस्तुति र झाँकी प्रदर्शन गरेका थिए ।

समारोहमा राष्ट्रपतिलगायत विशिष्ट व्यक्तिबाट शान्तिका प्रतीक परेवा उडाइएको थियो । गणतन्त्र दिवस हरेक वर्ष २०६५ साल जेठ १५ गतेका दिनको सम्झनामा मनाइन्छ। यही दिन जननिर्वाचित पहिलो संविधानसभाबाट निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ गरिएको घोषणा गरिएको थियो।

mulpatra mulpatra mulpatra

गणतन्त्र दिवसको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।