Close

Recent Posts

१७० नेपाली कामदारको कतारमा मृत्यु, ३४ ले गरे आत्महत्या

१७० नेपाली कामदारको कतारमा मृत्यु, ३४ ले गरे आत्महत्या
  • १६ जेष्ठ २०८२, बिहीबार १३:३७

काठमाडौं– कतारमा डेढ वर्षको अवधिमा १ सय ७० जना नेपाली कामदारको ज्यान गुमाएको कतारस्थित नेपाली राजदूतावासले जनाएको छ । १७ महिनाको अवधिमा १७० जनाको ज्यान जाँदा मासिक १७ कामदारको मृत्यु भएको देखिन्छ ।

mulpatra

कतारमा सुतेकै अवस्थामा मात्र ८७ जनाले मृत्युवरण गरेका छन् भने सडक दुर्घटनामा २६ जना र ३४ जनाले आत्महत्या गरेर दूतावासले जनाएको छ । नेपाली कामदारको मदिरा सेवनबाट मृत्यु भएको छ भने अन्य कारणले २० जनाको निधन भएको छ । मृत्यु हुनेमा आधिकांश पुरुष रहेको दूतावासले जनाएको छ ।

३ जना कतारमा धेरैले ‘कार्डिएक एरेस्ट’ का कारण ज्यान गुमाएको पाइन्छ । एक तथ्यांकअनुसार दिनभर बाहिरको गर्मीमा काम गरेर आउने र कोठामा आउनासाथ एयर कन्डिसनर खोलेर कोठा अत्यधिक चिसो बनाएर सुत्ने गरेका कारण धेरै नेपाली कार्डिएक एरेस्टको सिकार हुने गरेको पाइएको छ ।

mulpatra mulpatra mulpatra

यसरी ज्यान गुमाउनेमा अधिकांश साँझ राम्रोसँग खानपिन गरेर सुतेका कामदार छन् । त्यसरी ज्यान गुमाउनेलाई सुतेकै अवस्थामा मृत्यु हुनेहरु भनिने गरिएको छ । त्यसैगरी मादक पदार्थ एकैपटक धेरै मात्रामा पिउने, असन्तुलित खानपान तथा दैनिकी एवं मानसिक तनाबलगायतका कारण पनि मृत्यु हुने गरेको एक अध्ययनले देखाएको छ ।

कार्यस्थलमा हुने दुर्घटनामा परेर मृत्यु हुनेहरूको संख्या पनि निकै उच्च हुने गरेको आफूले पाएको बताउँदै पन्थीले छिट्टै कतार सरकारका विभिन्न निकायसँगको सहकार्यमा बृहत् श्रमिक जनचेतना, मानसिक तनाव व्यवस्थापन साथै ट्राफिक नियम र कतारका स्थानीय कानुनसम्बन्धी कार्यक्रम सञ्चालनका लागि प्रस्ताव गरेको जानकारी दिए ।

हाल रोजगारी तथा व्यवसाय गर्ने करिब साढे ३ लाख नेपाली कतारमा रहेका छन् । तथ्यांकअनुसार दैनिक औसत २ जनाभन्दा बढी नेपाली कामदारको शव विदेशबाट नेपाल भित्रिरहेको छ । कतार रोजगारीका लागि निकै आकर्षक मानिन्छ ।

Image Source: © https://mulpatra.com