इङ्ग्ल्यान्ड सेमिफाइनलमा, २–१ ले नर्वे पराजित
जुड बेलिङ्घमको अतिरिक्त समयमा गरेको निर्णायक गोलको मद्दतले इङ्ग्ल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।

हार्ड रक स्टेडियममा सम्पन्न क्वार्टरफाइनलमा नर्वेले ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डेरुपको गोलबाट अग्रता लिएको थियो। तर पहिलो हाफको इन्जुरी समयमा बेलिङ्घमले बराबरी गोल फर्काउँदै इङ्ग्ल्यान्डलाई खेलमा फर्काए।
दोस्रो हाफमा दुवै टोलीले केही उत्कृष्ट अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन। नर्वेको एउटा गोल भिएआरमार्फत रद्द भएपछि खेल १–१ को बराबरीमा अतिरिक्त समयमा पुगेको थियो।
![]() |
![]() |
![]() |
|---|



