कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट

कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट
  • १६ जेष्ठ २०८२, बिहीबार १६:०६

काठमाडौं– सरकारले चालु आर्थिक वर्षका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड बजेट विनियोजन गरेको छ ।

mulpatra

बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि क्षेत्रको आधुनिकीकरण गर्दै उत्पादन बढाउने लक्ष्यका साथ कृषि मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड विनियोजन गरिएको जानकारी दिए ।

उनले दुई वर्षभित्र चामलमा आत्मनिर्भर हुन तराई र भित्री मधेसका २२ जिल्लामा चैते धान खेती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

mulpatra mulpatra mulpatra

चैते धान खेतीका लागि पूर्वाधार निर्माण गर्न ३३ करोड विनियोजन गरेको उनले बताए । पौडेलले प्रमुख खाधान्नको उत्पादनमा आत्मनिर्भर हुनेगरी कार्यक्रम अघि बढाउने धारणा राखे ।