क्रसर निर्यातको योजना, ढुंगा, गिट्टी र बालुवा भारत पठाइने बाटो खुल्यो

काठमाडौं– सरकारले ढुंगा, गिट्टी र बालुवाको उत्खनन् गरी निर्यात गर्ने योजना फेरि ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमा वातावरणीय प्रभाव मूल्यांकन तथा अध्ययन गरी नदीजन्य र खानीजन्य वस्तुको उत्पादन गरी उपयोग र निर्यात गर्ने घोषणा गरेका हुन् ।
नेपाली वस्तुको उत्पादन र निर्यातलाई प्राथमिकता दिइने भन्दै बजेटमा यो प्रसंग उल्लेख छ । यसअघि पनि क्रसर निर्यातको योजना ल्याउँदा सरकारको तीव्र आलोचना भएको थियो ।
यसपालि सरकारले आयस्रोत बढाउने उद्देश्यले नेपालका ढुंगा, गिटी, बालुवा उत्खनन् गरी भारत निर्यातको योजना ल्याएको हो । सरकारी अधिकारीहरूले क्रसरको कारोबार अहिले अनौपचारिक रूपमा भइरहेको र अब करको दायरामा मात्र ल्याउन लागिएको दाबी गरेका छन्।