Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

सडकमै गाडी तेर्साएर विरोधमा उत्रिए यातायात व्यवसायी

सडकमै गाडी तेर्साएर विरोधमा उत्रिए यातायात व्यवसायी
  • १८ जेष्ठ २०८२, शनिबार १२:५२

काठमाडौं– विभिन्न ७ बुँदे मागहरू राख्दै यातायात व्यवसायीहरूले आजदेखि चरणबद्ध आन्दोलन सुरु गरेका छन्। आन्दोलनरत व्यवसायीहरुले आन्दोलनको पहिलो चरणअन्तर्गत रिङरोड सडक खण्डमा सार्वजनिक सवारीसाधन सडकमै तेर्साएर विरोध जनाएका छन् । उनीहरुले कलोझण्डा देखाएर ६ वटैप्रदेशबाट विरोध र्याली गरेका हुन् ।

mulpatra

‘सार्वजनिक यातायात बचाउ अभियान’ अन्तर्गत व्यवसायीहरूले सवारी साधन सडकमा तेर्साएर आज एक घण्टा चक्काजाम गरेका थिए। उनीहरूले यदि १९ गतेसम्म माग पूरा भएन भने देशभर यातायात बन्द गर्ने सरकारलाई चेतावनी दिएका छन् । उनीहरु यातायात क्षेत्रको बचाउको लागि आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ ।

आन्दोलनको अगुवाइ नेपाल यातायात व्यवसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, र नेपाल यातायात मजदुर संघले संयुक्त रूपमा गरेका हुन्। सार्वजनिक यातायात सडकमा तेर्साउँदा सवारी आवागमन प्रभावित भएका छन् भने यात्रुहरु मर्कामा परेका छन् ।

mulpatra mulpatra mulpatra

व्यवसायीहरूले सरकारसँग वार्ताको माग गर्दै, हालको नीतिगत निर्णयहरूले सार्वजनिक यातायात व्यवसायमाथि दबाव सिर्जना गरेको आरोप लगाएका छन्।