Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

नेपालमाथि मुद्दा चल्दा रामदेव र बालकृष्णलाई किन मुद्दा चलेन, प्रधानमन्त्रीले प्रतिशोध साँधेकै हुन त ?

नेपालमाथि मुद्दा चल्दा रामदेव र बालकृष्णलाई किन मुद्दा चलेन, प्रधानमन्त्रीले प्रतिशोध साँधेकै हुन त ?
  • २३ जेष्ठ २०८२, बिहीबार १५:०८

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हदबन्दी छुटमा पाएको पतञ्जलि योगपीठको जग्गा सट्टापट्टा गर्दा भ्रष्टाचार गरेको अभियोगमा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

mulpatra

त्यसक्रममा अख्तियारले पतञ्जलि योगपीठलाई पनि मुद्दामा प्रतिवादी बनाएको छ । तर योगपीठका संरक्षक योगगुरु बाबा रामदेव एवम् सञ्चालक आचार्य बालकृष्णमाथि भने भ्रष्टाचार मुद्दा दायर भएको छैन ।

दुवैजना पतञ्जलि योगपीठसँग आवद्ध भएपनि नेपालको हकमा भने उनीहरुले शालिकराम सिंहलाई आफ्नो अधिकारिक प्रतिनिधि तोकेका थिए । सबै निर्णय गर्ने अख्तियारीसहित सिंहलाई नै कम्पनीको नेपालसम्बन्धी कामकाज गर्ने जिम्मेवारी तोकिएको थियो ।

mulpatra mulpatra mulpatra

जग्गा सट्टापट्टा अनियमितताको उजुरीपछि अख्तियारले सार्वजनिक सूचना नै निकालेर रामदेव र आचार्य बालकृष्णलाई बोलाएको थियो । तर उनीहरु नेपाल आएनन् ।

अख्तियारले उनीहरुले सबै अधिकार शालिकराम सिंहलाई दिएको र नेपालमा हुने सबै कामकारवाहीमा सिंह नै जवाफदेही हुने निष्कर्ष सहित रामदेव र बालकृष्णमाथि कुनै मुद्दा चलाउन नपर्ने निर्णय गरेको हो ।

अख्तियार स्रोतका अनुसार, पतञ्जलि योग पीठ तथा आयूर्वेद कम्पनी नेपालका संस्थापकहरु स्वामी रामदेव, आचार्य बालकृष्ण र शालीग्राम सिंहको उपस्थितिमा बसेको सञ्चालक समितिले आश्रम निर्माण, सम्पत्ति खरिद एवं सबै कारोवारको जिम्मेवारी शालिग्राम सिंहलाई दिने निर्णय गरेको थियो ।

Image Source: © https://mulpatra.com

अख्तियारको निर्णय उदृत गर्दै स्रोतले भन्यो, ‘निज स्वामी रामदेव, आचार्य बालकृष्ण, राजेन्द्र दास र राजेन्द्र सिहंसमेत माथि विवेचना गरे वमोजिमको प्रस्तुत भ्रष्टाचारजन्य कसूर अपराधमा संलग्न रहेको पुष्टि हुने प्रमाणको अभाव रहेको देखिएको हुँदा हाल निजहरुको हकमा केही गरि राख्न परेन ।’

तर नेकपा एसले भने प्रधानमन्त्री केपी ओली प्रतिशोध साँधेको आरोप लगाएको छ ।