Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

राजावादी समुहभित्रै अपमानित भएपछि थापाले खोजे प्रसाई, एमालेतिर ढल्किदै लिङ्देन

राजावादी समुहभित्रै अपमानित भएपछि थापाले खोजे प्रसाई, एमालेतिर ढल्किदै लिङ्देन
  • २८ जेष्ठ २०८२, मंगलवार १६:११

काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहकै सक्रियतामा तितरबितर भएका राजावादीहरूलाई एक ठाउँमा ल्याइएको बताए पनि नेतृत्वबिचको टकराबका कारण फेरि आन्दोलन कमजोर भएको छ ।

mulpatra

जेठ २१ को विवादपछि सुवेदीले अब जिल्ला केन्द्रित आन्दोलन गर्ने निर्णयसहितको विज्ञप्ति सार्वजनिक गरेका थिए । तर, राजावादीको गतिविधि सक्रियतापूर्वक अघि बढ्न सकेको छैन ।

चैत १५ गते भएको तीनकुने हिंसात्मक घटनापछि रक्षात्मक बनेका राजावादीहरूले पुनः जुरमुराउँदै ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीको नेतृत्वमा जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन थालेका थिए । तर अहिले यो अन्दोलनको चर्चा नै हराएको छ ।

mulpatra mulpatra mulpatra

जेठ २१ गते सुकेधारास्थित एक पार्टी प्यालेसमा बसेको समीक्षात्मक बैठकमा सहभागीबिच नै माइक खोसाखोस भएको थियो । सरकारले लगाएको निषेधाज्ञालाई अवज्ञा गरेर आन्दोलनलाई शक्तिशाली बनाउनुपर्ने युवाको मागलाई समितिका नेताले अस्वीकार गरेका थिए ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन त्यो कार्यक्रममा सहभागी भएका थिएनन् । तर उक्त समीक्षात्मक कार्यक्रममा राप्रपा नेपालका लिङ्देन र राप्रपाकै अध्यक्ष कमल थापाले आन्दोलन आफू अनुकूल बनाउन खोज्दा अहिलेको समस्या सिर्जना भएको आन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले आरोप लगाए । उनका अनुसार राजावादी आन्दोलन पार लाग्दैन । युवाहरूको नेतृत्वमा सशक्त आन्दोलन गर्नेगरी रणनीतिक छलफल भइरहेको छ । अबको आन्दोलन नयाँ शिराबाट अगाडि बढ्ने उनको दाबी छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनमाथि समेत आफूले नेतृत्व नपाएका कारण राजावादी आन्दोलन कमजोर बनाउन भूमिका खेलेको आरोप छ । जेठ २४ गते गृह जिल्ला झापामा सञ्चारकर्मीहरुसँगको कुराकानी गर्दै उनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने र उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताउदै तर्किएका छन् ।

Image Source: © https://mulpatra.com

राप्रपाले गरिरहेको आन्दोलन राजसंस्था पुनःस्थापना, हिन्दू राज्यसँगै देशमा सुशासन र विकासका लागि पनि भएपनि उनी यसु आन्दोलनबाट भागेको राजावादीकै आरोप छ । पछिल्लो समय लिङ्देनले नै राजावादी आन्दोलन वर्षा लागेकाले अहिले सम्भव नभएको बताएपछि आन्दोलनमा थप धक्का लागेको छ ।

‘चैत १५ गते राजनीतिक दल प्रत्यक्ष संलग्न नभएको आन्दोलन राज्य पक्षले तितरबितर बनाइदियो । राजावादी आन्दोलनलाई निस्तेज पार्नका लागि त्यो राज्यको सुनियोजित प्रयास थियो । अहिले राजावादी समुहभित्रै आफु अपमानित भएपछि कमल थापाले भने नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई खोजेका छन् ।

अहिले प्रसाई प्रहरी हिरासतमा छन् । जसका कारण उनीले आगामी दिनमा राजावादी आन्दोलनलाई के गर्छन भन्ने प्रश्न विषय बनेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहसँग को नजिक बन्ने भन्ने होडबाजी र राजनीतिक फाइदा लिने आ–आफ्ना स्वार्थका कारण व्यवस्थाविरुद्धको आन्दोलन कमजोर र छिन्नभिन्न भएको देखिन्छ । तीनकुने हिंसात्मक घटनापछि राज्य विप्लवको आरोप खेपेका राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा धरौटीमा रिहा भएपनि गुमनाम छन् । यस्तै