Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजिनामा दिनुपर्‍यो भने तत्काल ६ मन्त्रीले सरकार छाड्नुपर्छ: कांग्रेस महामन्त्री शर्मा(भिडियोसहित)

  • २९ जेष्ठ २०८२, बुधबार १७:०५

काठमाडौं –नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा प्रतिपक्षीले राखेको विषयमा सरकार गम्भीर हुनुपर्ने बताएका छन् । तर भिजिट भिसामा गहृमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अवस्था आए तत्काल यस्तै प्रकरणको उजुरी परेका ६ जनाभन्दा बढी मन्त्री सरकार छाड्नुपर्ने अवस्था सिर्जना हुने शर्माले मूलपत्रसँग बताएका छन् ।

mulpatra

एउटा बन अधिकृत (डिएफओ) ले बदमासी गर्दा वनमन्त्री, एउटा शिक्षक दोषी हुँदा शिक्षा मन्त्रीको राजीनामा माग गर्नु जायज हुँदै हुँदैन । यदि त्यस्तो भयो भने उनका अनुसार शिक्षा, वन र अन्य यस्तै समस्या जोडिएका ६ जना मन्त्रीले सरकार छाड्नुपर्छ । त्यही भएर भिजिट भिसा प्रकरणमा अख्तियारलाई काम गर्ने दिनुपर्ने उनले बताए । ‘अख्तियार सरकारमाथि पनि छानबिन गर्ने संविधानिक निकाय भएका कारण निष्पक्ष काम गर्न दिनुपर्छ । गृहमन्त्रीमाथि कुनै प्रश्न र उजुरी नपरेको अवस्थामा राजीनामा माग गरेर प्रतिपक्षी नै अप्ठ्यारोमा परेको हो ।’ उनले भने ।

उनले छानबिन समिति गठन गरेपनि त्यसको प्रतिवेदन अख्तियारलाई नै दिनुपर्ने र अहिले अख्तियारले नै सोही मुद्दामा अनुसन्धान गरिरहेकाले पहिला अख्तियारको अनुसन्धान प्रतिवेदनलाई पर्खनुपर्नेमा आफूहरूको जोड रहेको बताए। उनले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग जायज नरहेको स्पष्ट पारे ।

mulpatra mulpatra mulpatra

राश्वपाले विगतमा आफनो सभापतिमाथि सांसदीय समिति छानबिनको माग गरेको नक्कल गरेको शर्माको अनुमान छ । भिजिट भिसा प्रकरणमा गहिरोसँग अनुसन्धान हुनुपर्ने र त्यसमा मुछिएका सबैमाथि छानबिन हुनुपर्ने उनको माग छ । तर अहिले विपक्षीले सांसद अवरुद्ध गर्नु समय अनुकुल नभएको शर्माको टिप्पणी छ ।

यस सन्दर्भमा अख्तियारले गृहमन्त्रीमाथि अनुसन्धान गरे स्वभाविक रूपमा पद त्याग गर्नुपर्ने भएपनि अहिले कर्मचारीमाथि मात्रै अनुसन्धान भइरहेको बताए ।

गृहमन्त्री रमेश लेखकले भिजिट भिसाबारे उठेका प्रश्नको जवाफ दिने, छानबिन समिति बनाउने र विपक्षी दलहरुले अवरोध खुलाउनेबारे छलफल भइरहेको छ । सहमति नहुँदा एक सातादेखि संसद अवरुद्ध छ ।

Image Source: © https://mulpatra.com

कर्मचारीमाथि अनुसन्धान भइरहँदा उजुरी नै नपरेको गृहमन्त्रीको राजीनामा माग गर्नु उचित नभएको उनको भनाइ छ । उनले अघिल्लो गृहमन्त्रीको प्रकरणसँग दाँजेर सदनमा आवेग प्रकट हुन खाजेको जस्तो देखिएको बताएका छन् ।

पुर्व प्रधानमन्त्री माधव नेपालमाथि नीतिगत निर्णयमा अख्तियारले अध्ययन छानबिन गरिरहेका कारण टिकाटिप्पणी गर्नु उचित होला । तर यस विषयमा निष्पक्ष छानबिन गर्नुपर्छ उनको भनाइ छ ।

यसका कारण जनता असन्तुष्ट

सरकारका काम कारवाही र जनताका अपेक्षाबीचको फराकिलो अन्तरको कारणले जनतामा असन्तुष्टि र निराशा बढ्दै गएको उनको टिप्पणी छ । जनताका अपेक्षा पूरा हुने किसिमका काम सरकारले गरिरहेको छैन भन्ने होइन । काम भइरहे पनि सरकारले बुझाउन नसकेको उनको भनाइ छ । ‘सरकार जनताको पक्षमा राम्रा काम भइरहेका छन् त भनिरहेको छ तर जनता त्यसमा विश्वास गर्न तयार छैनन् । किनभने उनीहरुले सरकारको दाबीअनुसारका कामको प्रतिफल देखिरहेका छैनन्, त्यसबाट लाभ पाइरहेका छैनन् र सुविधा उपभोग गर्न पाइरहेका छैनन् ।’ उनले थपे ।

जनताका यी असन्तुष्टि र निराशा बेलाबखत सडकमा डरलाग्दो किसिमले पोखिन थालेका छन् । यो स्थितिप्रति सरकार गम्भीर हुनुपर्ने उनको सुझाव छ ।

शर्मासँग गरिएको भिडियो कुराकारी