Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

दुर्गा प्रसाईँसहित ७ जनालाई थुनामै राख्न जिल्ला अदालतको आदेश

दुर्गा प्रसाईँसहित ७ जनालाई थुनामै राख्न जिल्ला अदालतको आदेश
  • ३१ जेष्ठ २०८२, शुक्रबार ००:४७

काठमाडौं– काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई थुनामै राख्न आदेश दिएकाे छ । । गत चैत १५ गतेको आन्दोलनपछि पक्राउ परेका प्रसाईलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलास यस्तो आदेश दिएकाे हाे ।

mulpatra

प्रसाईँविरुद्ध प्रहरीले राज्यद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधको अभियोगमा मुद्दा चलाएको थियो ।

तर प्रसाईँविरुद्ध उपद्रवकाे मुद्दा मात्र अघि बढाउन भनिएकाे छ ।

mulpatra mulpatra mulpatra

जिल्ला अदालतले उनीसहित ७ जनालाई तत्काल प्राप्त प्रमाणले कसुरदार होइनन् भन्न नमिल्ने भन्दै थुनामै राखेर मुद्दाको प्रतिवाद गर्न भनेको हो। 

महाअभियानका संयोजक दुर्गा प्रसाई छुट्ने चर्चा भएसँगै उनका समर्थक जिल्ला अदालत काठमाडौँ अगाडी भेला भएका छन् ।

गत चैत १५ गते राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको आन्दोलनका क्रममा पक्राउ परेका प्रसाईको आज पनि थुनछेक बहस आज पनि जारी छ । उनी छुट्ने चर्चा भएसँगै उनका समर्थक अदालत अगाडी बेला भइरहेका छन् । हिजोदेखि प्रसाईका समर्थक अदालत अगाडी भेला भइरहेका छन् ।

Image Source: © https://mulpatra.com

तीनकुनेमा भएको राजावादी आन्दोलनका प्रतिवादीहरूको थुनछेक बहस आज पनि जारी छ । काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सकेर २० जेठदेखि थुनछेक बहस सुरु भएको थियो । आज ९ औं दिन पनि थुनछेक बहस चलिरहेको हो ।

कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, संगठित अपराध, राजद्रोह र आपराधिक उपद्रवसम्मको मुद्दा ६१ जनालाई लगाइयो । तर यसमा भनेजस्तो प्रमाण प्रहरीसँग नभएको पनि स्रोतको भनाइ छ ।

न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा भइरहेको थुनछेक बहसमा सरकारी वकिलले जवाफी बहस गरिरहेका छन् । ११ जेठमा दायर भएको मुद्दाको १८ दिन बित्दा पनि आदेश आउन सकेको थिएन ।