विपक्षी दुईतिर बाँडिएपछि मौका छोपेर सांसदमा गृहमन्त्रीले भिजिट भिसामा संलग्नता नभएकाे दाबी गर्न भ्याए

विपक्षी दुईतिर बाँडिएपछि मौका छोपेर सांसदमा गृहमन्त्रीले भिजिट भिसामा संलग्नता नभएकाे दाबी गर्न भ्याए
  • ३१ जेष्ठ २०८२, शुक्रबार १७:१०

काठमाडौं– भिजिट भिसा प्रकरणको छानबिनको माग गर्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । तीन दलबीच दुई बुँदे सहमति भएर सदन चलेपछि रास्वपा र राप्रपाले असन्तुष्टि जनाउँदै सदन अवरुद्ध गरेका हुन् ।

ठक सुरु भएर सभामुखले विपक्षी दलका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएपनि रास्वपा र राप्रपाका सांसदहरूले उठेर अवरोध गरिरहेका छन् । रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति बनाउनुपर्ने माग राखिरहेको छ ।

गृहमन्त्रीले सासंदको टेबुल ठोक्दै भिजिट भिसामा आफनो संलग्न कतै भएको र यसका आख्तियारले अनुसन्धान गरिरहेको समेत जानकारी गराए ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा आफ्ना कुरा राख्ने क्रममा उनले यस्तो बताएका हुन् । आफू लोकतन्त्र र सुशासनका लागि वर्षौंदेखि लडिरहेको भन्दै संवैधानिक निकायको काममा सहयोग गर्ने जिकिर गरे । ‘उक्त कार्यमा मेरो कुनै संलग्नता छैन । हुन सक्दैन ।’ उनले भने ।

रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ । गृहमन्त्री लेखकले भने भिजिट भिसा प्रकरणमा आफनो कुनै संलग्नता नरहेको दाबी गर्दै आफुविरुद्ध गलत प्रचार गरिएको आरोप पनि लगाए । उनले आफनो राजनीतिक र व्यक्तिगत जिवन सार्वजनिक नै भएका कारण अन्य संसदसँग पनि आफनो बारेमा सोध्न समेत आग्रह गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधकैबीच प्रतिनिधिसभा बैठक अघि बढेको छ । रास्वपा र राप्रपाका सांसदहरूले विरोध गरिरहँदा सभामुख देवराज घिमिरेले संसद्को कार्यसूची अघि बढाएका हुन् ।