Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सञ्चालक समितिमा सन्तोष कोइराला नियुक्त

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सञ्चालक समितिमा सन्तोष कोइराला नियुक्त
  • ११ असार २०८२, बुधबार २०:१५

काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र Alternative Energy Promotion Centre (AEPC) को सञ्चालक समितिमा बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला नियुक्त भएका छन्।

mulpatra

नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको सिफारिसमा कोइरालालाई सञ्चालक समितिको सदस्य पदमा नियुक्त गरिएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले जनाएको छ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र नेपालको वैकल्पिक तथा नवीकरणीय ऊर्जा क्षेत्रको प्रमुख सरकारी निकाय हो । यसले ग्रामीण तथा दुर्गम क्षेत्रका बासिन्दालाई ऊर्जा पहुँच विस्तार गर्न दीर्घकालीन रणनीति, योजना र कार्यक्रम कार्यान्वयन गर्दै आएको छ।

mulpatra mulpatra mulpatra

वि.सं. २०५३ मा स्थापना भएको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले नवीकरणीय ऊर्जा प्रविधिहरूको विकास, प्रवर्द्धन र पहुँच विस्तारमा काम गर्दै आइरहेको छ । यसले सौर्य ऊर्जा, जलविद्युत (साना तथा लघु), बायोग्यास, इम्प्रुभ्ड कुकिङ स्टोभ, हावाबाट समेत ऊर्जा निकाल्ने प्रविधिहरूको अध्ययन, विकास र विस्तारमा काम गर्दै आइरहेको छ ।

केन्द्रले सार्वजनिक, निजी तथा गैरसरकारी क्षेत्रबीच सहकार्यको माध्यमबाट ऊर्जा पहुँच अभिवृद्धि गर्ने, जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पुर्‍याउने, र स्वच्छ तथा दिगो ऊर्जा प्रणाली विकास गर्ने काम गर्छ। यसले परियोजना अनुदान, प्रविधि प्रमाणीकरण, नीति निर्माणमा सल्लाह, तथा दक्ष जनशक्ति विकास जस्ता कार्यहरू पनि गर्दछ।

सञ्चालक समितिको सदस्यको रूपमा सन्तोष कोइरालाको नियुक्तिलाई ऊर्जा तथा वित्तीय क्षेत्रबीच सहकार्य विस्तार गर्ने अवसरका रूपमा हेरिएको छ। बैंकिङ क्षेत्रबाट आएको प्रतिनिधित्वले वैकल्पिक ऊर्जा परियोजनामा लगानी अभिवृद्धि, वित्तीय पहुँच र दिगो विकास लक्ष्यमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Image Source: © https://mulpatra.com